ताजा अपडेट »

नेपाली सेनाद्वारा उद्धार अभ्यास प्रदर्शन

मंगलबार, १३ जेठ २०८२, २१ : ३८
20 Shares
मंगलबार, १३ जेठ २०८२
20 Shares

काभ्रेपलाञ्चोक । नेपाली सेनाद्वारा मनसुनजन्य विपद्बाट जनधनको क्षति हुन नदिन, उद्धार तथा खोजलाई प्रभावकारी बनाउन पूर्व तयारीस्वरुप आज यहाँको भुम्लु गाउँपालिका–८ दोलालघाटस्थित इन्द्रावती नदीमा ‘अभ्यास मनसुन–५’ प्रदर्शन गरिएको छ । नेपाली सेनाको श्री नं २६ बाहिनी अड्डा भकुण्डेबेँसीद्वारा आयोजित उक्त पूर्वअभ्यास प्रदर्शनमा सेनाको श्री मेहर गण, त्रिनेत्रदल गण र श्री इन्द्रध्वज गणले सहभागिता जनाएका थिए । 

उक्त प्रदर्शनमा बाढीले बगाएका तथा घाइतेको विभिन्न कला एवं स्थानीय स्रोत–साधनद्वारा उद्धारका आठ वटा प्रदर्शन गरिएको थियो । यी प्रदर्शनमा सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोक जिल्ला प्रशासन तथा प्रहरी, नेपाल रेडक्रस सोसाइटी, जिल्ला अस्पताललगायत स्थानीय तहले सहभागिता जनाएका थिए । 

काठमाडौं उपत्यका पृतनापति उपरथी विष्णु राउतले विपद्बाट सम्भावित क्षतिलाई रोक्न तथा न्यूनीकरण गर्न तालिम अभ्यास प्रभाविकारी हुने बताए । उनले अन्यभन्दा काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक बाढीपहिरोको उच्च जोखिमम रहेकाले सबैपक्ष जोखिम न्यूनीकरणमा सतर्क रहनुपर्ने उल्लेख गरे । 

“फर्स्ट रेस्पोन्डर घटनास्थल नजिकको समुदाय नै हो, समुदायलाई सचेतना गराइ यसबारे तालिमसमेत दिनुपर्छ”, उनले भने । बाहिनीपति निर्जलबहादुर अधिकारीले अव्यवस्थित बसोबासका कारण पनि विपद्को उच्च जोखिम बढ्दै गएको बताए । 

काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकका सुरक्षाकर्मीले संयुक्तरुपमा बर्सेनी मनसुनअघि इन्द्रावती र सुनकोशी नदीमा पूर्वउद्धार प्रदर्शन गर्दै आएका छन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।