ताजा अपडेट »

दीप प्रज्जवलन गरेर रुपन्देही प्रेस युनियनले मनायो स्थापना दिवस

मंगलबार, १३ जेठ २०८२, २२ : ३७
10 Shares
मंगलबार, १३ जेठ २०८२
10 Shares

बुटवल । नेपाल प्रेस युनियनको स्थापना दिवसमा दीप प्रज्ज्वलन गरिएकाे छ । युनियनकाे ३४ औं स्थापना दिवसको अवसरमा नेपाल प्रेस युनियन रुपन्देहीले मंगलबार बुटवलकाे वीपी चाेकस्थित वीपीकाे शालिक परिषरमा दीप प्रज्वलन गरिएको हाे ।

दीप प्रज्ज्वलन कार्यक्रममा युनियनका पदाधिकारी तथा सदस्यहरु, संस्थापक तथा पूर्वअध्यक्षहरु, नेपाली काँग्रेसका नेताहरु, स्थानीय तहका जनप्रतिनीधिहरु, नेपाल पत्रकार महासंघ, पत्रकारका पेशागत संगठनका अध्यक्ष तथा प्रतिनीधिहरु, ट्रेड युनियनका अध्यक्ष लगायतकाे सहभागिता रहेकाे थियाे ।

प्रजातान्त्रिक पत्रकारहरुको भेलाले ट्रेड युनियनको अवधारणामा पत्रकारहरुको पेशागत हकहितका लागि एकतावद्ध र संगठित रुपमा अंगाडि बढ्ने दृढ संकल्प सहित २०४८ जेठ १३ गते नेपाल प्रेस युनियनको स्थापना गरिएको थियो । त्यसैगरी २०५१ सालमा रुपन्देहीमा जिल्ला शाखा गठन गरिएको थियो । अहिले नेपाल प्रेस युनियनमा ८ हजार बढी सदस्य छन भने रुपन्देहीमा २ सय बढी सदस्य आवद्ध रहेकाे नेपाल प्रेस युनियन रुपन्देहीका अध्यक्ष कविन्द्र नेपालले जानकारी गराए ।

स्थापना कालदेखि नै पत्रकारहरुको हकहितमा आवाज उठाउँदै आएको नेपाल प्रेस युनियनले व्यवसायिक पत्रकारिता विकास, स्वतन्त्र पत्रकारिता र श्रमजीवी पत्रकारहरुको क्षमता विकास लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

बालनसिंह गुरुङको अध्यक्षतामा २०५१ सालमा रुपन्देही शाखा गठन गरिएको थियो । त्यसयता जिल्लामा खिमानन्द भट्टराई, अखिल शर्मा तिवारी, छविलाल पाण्डे, स्व.टिकाराम न्यौपाने, हरिष ढकाल, रामराज पोख्रेल, भवानीप्रसाद पाण्डे, विक्रम खड्का र रेखा भुसालले नेतृत्व गरिसकेको सचिव कपिल ज्ञवालीले बताए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।