ताजा अपडेट »

अधिवक्ता दिनेश त्रिपाठीका अभिव्यक्तिमा न्यायाधीश समाजले जतायाे गम्भिर आपत्ति

अआफूले बहस गरेबमोजिमको परिणाम नआउदा न्यायपालिकाप्रति नै अनास्था फैलाउने कार्य खेदजनक

शुक्रबार, ११ माघ २०८१, ०५ : ३०
122 Shares
शुक्रबार, ११ माघ २०८१
122 Shares

काठमाडाैं वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीका अभिव्यक्तिलाई लिएर बहालवाला न्यायाधीशहरूले संगठितरूपमा विराेध गरेका छन्।  न्यायाधीशहरूका तर्फबाट बिहीबार न्यायाधीश समाज, नेपालले एक विज्ञप्ति जारी गरी त्रिपाठीका अभिव्यक्तिलाई अवाञ्छित, कानुन व्यवसायीको आचरणविपरीत र न्यायपालिकाप्रति अनास्था फैलाउने खालको भन्दै आपत्ति प्रकट गरेको हो।

 सहकारी ठगीसम्बन्धी मुद्दाका अभियुक्त एवं रास्वपा सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राई र काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले धरौटीमा छाड्ने आदेश गरेपछि त्रिपाठीले न्यायाधीशहरूमा कार्यक्षमताको अभाव देखिएको भनी टिप्पणी गरेका थिए।

 न्यायधिष समाजका महासचिव टेकनारायण कुँवरले हस्ताक्षर गरेको विज्ञप्तिमा अधिवक्ता 'त्रिपाठीबाट विभिन्न सञ्चार माध्यममा उक्त मुद्दामा भएको आदेश गर्ने न्यायाधीशका सम्बन्धमा बदनियतपूर्वक कार्य गरेको भनी सर्वसाधारणमा न्यायपालिकाप्रति नै भ्रम र अनास्था फैलाउने गरी अन्तर्वाता दिएको र उनका अन्तरर्वाता युट्युब च्यानलहरूमा प्रसारण भएको समेत पाइएकोले सो सम्बन्धमा  यस न्यायाधीश समाज, नेपालको गम्भीर ध्यानाकर्षण भएको बताइएकाे छ। 

judges-society_WQWD8nv4ih

'कुनै न्यायाधीश विशेषबाट कानुनबमोजिम न्यायिक प्रक्रिया अवलम्बन गरी भएको कुनै आदेश वा कामकारबाही कानुन विपरीत भएको भन्ने लागेमा सो सम्बन्धमा सम्बन्धित निकायमा कानुनबमोजिमकै प्रक्रिया अवलम्बन गरी उपचार खोज्नु स्वाभाविक हुन जान्छ। तर त्यसतर्फ नलागी वरिष्ठ अधिवक्ताजस्तो जिम्मेवार व्यक्तिले आफूले बहस गरेबमोजिमको परिणाम नआएको भन्ने आधारमा कानुन व्यवसायीको आचरणविपरीत हुने गरी आदेश गर्ने न्यायाधीश उपर नै बदनियतपूर्वक कार्य गरेको भनी सार्वजनिक सञ्चार माध्यममा अन्तरर्वाता दिएको देखियो। वरिष्ठ अधिवक्ताको उक्त अभिव्यक्तिबाट प्रचलित न्यायिक पद्धति र समग्र न्यायपालिकाप्रति नै अनास्था पैदा हुन जाने हुँदा न्यायाधीश समाज नेपाल त्यस प्रकारका अवाञ्छित गतिविधिहरुप्रति खेद व्यक्त गर्दछ।,' विज्ञप्तिमा भनिएकाे छ । विज्ञप्तिमा त्रिपाठीमाथि भएको भौतिक आक्रमणको समेत विरोध गरिएको छ।


रास्वपा सभापति रवि लामिछाने कास्की जिल्ला अदालतमा ६५ लाख र काठमाडौँ जिल्ला अदालतमा ६० लाख रुपैयाँ धरौटी जम्मा गरी रिहा भएका छन्। अहिले उनी बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको मुद्दाको रूपन्देही जिल्ला अदादतमा  प्रतिवाद गर्न उपस्थित छन्।याँहा पनि उनीविरुद्ध थुनछेक बहस जारी छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।