ताजा अपडेट »

बुटवलको इन्टलेक्चुअल स्कूलमा खेल सप्ताह

बुधबार, ०२ माघ २०८१, १८ : ०९
106 Shares
बुधबार, ०२ माघ २०८१
106 Shares

बुटवल । बुटवल–११ कालीकानगरस्थित इन्टलेक्चुअल स्कूलमा बुधबारदेखि खेलकुद सप्ताह शुरू भएको छ । खेलकुद मार्फत विद्यार्थीको प्रतिभाको छनोट गर्नका लागि आयोजित सप्ताहका क्रममा सदनात्मक तथा कक्षागत रूपमा विद्यार्थीलाई विभाजन गरि प्रतियोगिता गराईने विद्यालयले जनाएको छ ।

नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरु सहभागी हुने खेलकुद कार्यक्रममा भलिबल, कबड्डी, फुटसल, रीले दौड, सटपट, हाइजम्प, लङजम्प, टेबलटेनिस, ब्याटमिन्टन, ज्यावलिङ थ्रो, कुर्चिदौड, साइकिल दौड, बास्केटबल, खो खो लगायतका खेलहरूमा प्रतिस्प्रर्धा गराईने छ। खेल सप्ताहको उदघाटन गर्दै स्कूल सञ्चालक समितिका अध्यक्ष गोबिन्द प्रसाद मरासिनीले विद्यालयले खेलकुदसँगै अन्य विधालाई समेत प्राथमिकतामा राखेर आफ्नो योजना अघि बढाएको बताए । सोही अवसरमा संस्थापक संचालक एवं प्रबन्ध निर्देशक रामराज पोख्रेलले खेलकुदले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटनका लागि सहयोग गर्ने बताए ।

intel school

निम्नमाध्यमिक तह संयोजक मेघराज पोख्रेलको अध्यक्षतामा भएको उदघाटन कार्यक्रमको सन्चालन कोर्डिनेट माया पौडेलले गरेकी थिइन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।