ताजा अपडेट »

द आर्ट अफ लिभिङको बुटवलस्थित केन्द्रले मनायो अन्तर्राष्ट्रिय योग दिवस

शुक्रबार, ०७ असार २०८१, २१ : ३६
140 Shares
शुक्रबार, ०७ असार २०८१
140 Shares

तिलोत्तमा ।  द आर्ट अफ लिभिङ नेपालको बुटवलस्थित केन्द्रले योग, प्राणायाम र ध्यान गरी १० औं अन्तर्राष्ट्रिय योग दिवस मनाएको छ ।

अन्तर्राष्ट्रिय  योग दिवसको अवसरमा शुक्रबार लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र राजमार्ग चौराहमा आयोजित कार्यक्रममा सो तालिम केन्द्रमा कार्यरत प्रहरी अधिकृत, प्रहरी जवान र अन्तर्रास्ट्रिय योग दिवसका साधक गरी ३ सय जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा तालिम केन्द्रका समादेशक हिमालय कुमार श्रेष्ठ, द आर्ट अफ लिभिङ रुपन्देही  जिल्ला समन्वय समिति संयोजक उज्ज्वल प्रसाद कसजु र सदस्य याम प्रसाद पोखरेलको उपस्थिती रहेको थियो ।  कार्यक्रममा सहभागी सम्पूर्णलाई द आर्ट अफ लिभिङका प्रशिक्षक विजय श्रेष्ठले योगाभ्यास गराएका थिए । यस्तै, प्रशिक्षकहरु बाबुराम ज्ञवाली, मनोज सापकोटा, उज्ज्वल खरेल,  सृजना गिरि, लक्ष्मी श्रेष्ठ र सृजना गोदारले सहजीकरण गरेका थिए ।

यसैगरी, द आर्ट अफ लिभिङ भैरहवाले होटेल भिलाशामा राम जानकी योग साधना समूहले तिलोत्तमा–८ को ज्योति आधारभूत विद्यालयमा, बुटवल चिडियाराम फेदी केन्द्रले बुटवल जेसीसको सहकर्यमा  चिडियाराम फेदी केन्द्रमा योग साधना गरि दिवस  मनाएका थिए ।

द आर्ट अफ लिभिङ जिल्ला समन्वय  समिती का संयोजक उज्वल कसजुले आफुहरुले विभिन्न  समयमा विभिन्न  कार्यक्रम हरु गरेर सामाजिक सन्देश समेत फैलाइरहेको बताए । उनले योग अभ्यास  ले मानिस को जीवन मा निरोगिपनाको बिकास  गर्ने र आयु समेत बढाउने जनाए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।