ताजा अपडेट »

नेपाल र वेस्ट इन्डिज ए बीच आज तेस्रो खेल हुँदै

बुधबार, १९ बैशाख २०८१, ०५ : ००
236 Shares

बुटवल । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपाल बीचको तेस्रो टी-२० खेल आज हुँदै छ । टियु क्रिकेट मैदानमा नेपाली समय अनुसार अपराहन्न १२: १५ बजेदेखि खेल शुरु हुने छ । दुबै टोली दोस्रो जितको खोजीमा हुने छन् ।

सिरिजको पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ए लाई पराजित गरेको थियो भने दोस्रो खेलमा नेपाल १० रनले पराजित भएको थियो । यसरी समान १-१ अङ्क बटुलेका दुबै टोली बीच कूल ५ वटा खेल हुने छन् । विश्वकप टी-२० तयारीका लागि आयोजित यो प्रतियोगिता समाप्त भएसँगै नेपाल अभ्यासका लागि पुन: वेस्ट इन्डिज जाने कार्यतालिका रहेको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।