ताजा अपडेट »

असुरक्षित बुटवल : समसाझै युवामाथि छुरा प्रहार, २ जना पक्राउ

मंगलबार, १३ चैत्र २०८०, २२ : ०६
3.26K Shares

बुटवल । बुटवलको रात्रीकालिन बजार बनाउने भनिएको कालिकापथमा मँगलबार साँझ एक युवामाथि छुरा प्रहार भएको छ । ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार कालिका पथको सिद्धार्थ कटेज अगाडि साँझ करिब ९:१५ बजेको समयमा युवामाथि छुरा प्रहार भएको हो ।

स्थानीय युवाहरु बीच भएको झगडामा छुरा प्रहारबाट बुटवल उपमहानगर-३ का सागर थापा गम्भीर घाइते भएका छन् । उनको दायाँ कोखामा चक्कु प्रहार भएको प्रहरीले जनाएको छ । घटना लगत्तै थापालाई उद्धार गरि लुम्बिनी प्रादेशीक अस्पताल पुर्‍याइएको छ । चक्कु प्रहार गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बुटवल उपमहानगर ३ का सुजन गलामी र युवराज पुन रहेका छन् ।पक्राउ परेका दुई जनामाथि अनुसन्धान सुरु गरिएको र घटनाको कारण बारे उनीहरुको बयानपछि मात्र थाहा हुने प्रहरीले जनाएको छ । रात्रीकालिन बजार बनाउने भनिएको कालिकापथमा यस घटनाअघि समेत हुने गरेका गतिविधिहरुले सुरक्षा व्यवस्थामा नै प्रश्न उठेको छ ।  

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।