ताजा अपडेट »

जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

आइतबार, १३ फागुन २०८०, १७ : ०१
64 Shares

मकवानपुर । हेटौंडा उपमहानगरपालिका-५ चिसापानी बस्ने शोभा कुईकेलको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३५ वर्षीय राकेश शिवाकोटी समेत ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरीले उनीहरूलाई  नगद ६७ हजार २ सय ८० रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।