ताजा अपडेट »

केन्द्रीय बैंकले १७ अर्बको ट्रेजरी बिल जारी गर्ने

सोमबार, २३ पुस २०८०, १० : ३६
68 Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल जारी गर्ने भएको छ।बैंकले १७ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको हो ।ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ । सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ।

जसअनुसार मंगलबार पुस २४ गते जारी हुने यस ट्रेजरी बिलका लागि आज सोमबार दिउँसो २ बजे बोलकबोल हुनेछ । जारी गर्न लागेको १७ अर्ब मध्ये १४ अर्ब रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । जसअनुसार ३ अर्बको नयाँ ट्रेजरी जारी गर्न लागेको केन्द्रीय बैंकले जनाएको छ । 

केन्द्रीय बैंकले ९१ दिनको लागि ८ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो । यो ट्रेजरी चैत २७ गते परिपक्व हुनेछ ।  त्यस्तै, १८२ दिनको लागि ६ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो भने ३ अर्ब नवीकरण । यो ट्रेजरी २०८१ असार २६ गते परिपक्व हुनेछ । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।