ताजा अपडेट »

आजका लागि बोलाइएको काँग्रेस कार्यसम्पादन समितिको बैठक सर्यो

शनिबार, २१ पुस २०८०, १२ : २३
84 Shares
शनिबार, २१ पुस २०८०
84 Shares

काठमाडौं । राष्ट्रियसभाको निर्वाचनबारे छलफल गर्न बोलाइएको सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सरेको छ । बैठक भोलि दिउँसो आइतबार केन्द्रीय कार्यालय सानेपामा बस्ने गरि स्थगित भएको हो ।

मुख्य सचिव कृष्णप्रसाद पौडेलले विशेष कारणवश आज शनिबार दिउँसो १ बजेका लागि बोलाइएको बैठकको मिति सारिएको जानकारी दिएका छन् । उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।