ताजा अपडेट »

सुनको भाउ एकैदिन प्रतितोला एक हजार ३०० रूपैयाँ घट्यो

विहीबार, १९ पुस २०८०, १२ : ०४
108 Shares
विहीबार, १९ पुस २०८०
108 Shares

काठमाडौ  ।  बिहिबार पनि सुन–चाँदीको भाउ घटेको छ। 

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बिहिबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १८ हजार ९५० रुपैयाँ कायम गरिएको छ । 

यसअघि बुधबार सुनको भाउ २०० रुपैयाँले घटेको थियो । अघिल्लो दिनको तुलनामा आज ३०० रुपैयाँले सुनको भाउ घटेको हो ।  

बिहिबार चाँदीको भाउ ३० रुपैयाँले छ। बिहिबार चाँदी प्रतितोला १४ सय २० रुपैयाँ कायम रहेको छ । बुधबार चाँदी प्रतितोला १४ सय ५० रुपैपाँमा किनेबेच भएको थियो ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।