ताजा अपडेट »

विदेशी मुद्राकाे बिनिमय दरः डलरकाे मुल्य बढदा युराेकाे घट्यो

बुधबार, १८ पुस २०८०, ०८ : ५८
82 Shares
बुधबार, १८ पुस २०८०
82 Shares

काठमाडौ । । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ  । बुधबार अमेरिकी डलरको भाउ बढेको छ । बुधबार एकको खरिददर १३३ रूपैयाँ २ पैसा र बिक्रीदर १३३ रूपैयाँ ६२ पैसा कायम गरिएको छ। मंगलबार अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ८९ पैसा र बिक्रीदर १३३ रूपैयाँ ४९ पैसामा कारोबार भएको थियो ।  अघिल्लोदिनको तुलनामा बुधबार १३ पैसाले बढेको हो ।

यस्तै, युरोपियन युरो घटेको छ । आज युरो एकको खरिदमा १४६ रूपैयाँ ३ पैसा र बिक्रीमा १४६ रूपैयाँ ६९ पैसा तोकिएको छ। बुधबार युरो एकको खरिद मूल्य १४६ रूपैयाँ ६७ पैसा र बिक्रीमूल्य १४७ रूपैयाँ ३३ पैसा तोकिएका थियो । यो मूल्य अघिल्लो दिनको तुलनामा ६४ पैसा बढेको हो। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर बुधबार १६८ रूपैयाँ ५४ पैसा र बिक्रीदर १६९ रूपैयाँ ३० पैसा तोकिएको छ। मंगलबार पाउण्ड एकको खरिददर १६९ रूपैयाँ १८ पैसा र बिक्रीदर १६९ रूपैयाँ ९५ पैसा कायम गरिएको थियो।

उता, अष्ट्रेलियन डलर एकको खरिददर भने ९० रूपैयाँ ४४ पैसा र बिक्रीदर ९० रूपैयाँ ८५ पैसा कायम गरिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने १०० रूपैयाँ २८ पैसा र बिक्रीमा १०० रूपैयाँ ७३ पैसा तोकिएको छ ।कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ५० पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ६६ पैसा कायम हुदाँ राष्ट्र बैंकले आज एक साउदी अरेबियन रियालको खरिदमूल्य ३५ रूपैयाँ ४७ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ६३ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ २२ पैसा र बिक्रीदर ३६ रूपैयाँ ३८ पैसा र मलेसियन रिंगिट एकको खरिददर बुधबार २८ रूपैयाँ ९० पैसा र बिक्रीदर २९ रूपैयाँ ३ पैसामा काराेबार गर्ने अनुमति दिएकाे छ ।

बुधबार कुवेती दिनार एकको खरिददर ४३२ रूपैयाँ ६१ पैसा र बिक्रीदर ४३४ रूपैयाँ ५६ पैसा कायम हुदाँ  बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ८५ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ४४ पैसामा काराेबार हुनेछ ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।