ताजा अपडेट »

गुल्मीमा पत्रकार आचारसंहिता कार्यन्वयनको अवस्था बारे छलफल

शनिबार, २३ मंसिर २०८०, १२ : २०
50 Shares
शनिबार, २३ मंसिर २०८०
50 Shares

गुल्मी । प्रेस काउन्सिल नेपालको एक प्रतिनिधि मण्डलले गुल्मी जिल्लाका सञ्चार माध्यमहरुको अनुगमन गर्नुका साथै यहाँका पत्रकारहरुलाई पत्रकार आचारसंहिता पालनाबारे पुनःताजकी गरेको छ । प्रेम काउन्सिल नेपालका सञ्चालक समिति सदस्य ठाकुर प्रसाद वेल्वासेले पत्रकार आचारसंहिताका विषयमा पत्रकारहरुलाई प्रशिक्षित गर्दै आचारसंहिता पत्रकारहरुका लागि मात्र नभई आम व्यक्तिका लागि पनि उत्तिकै लागू हुने बताए ।

उनले पछिल्लो चरण अनलाइन लगायतका केही सामाजिक सञ्जालहरुमा व्यक्तिको स्वतन्त्रता र व्यक्तिगत चरित्रहत्या हुने गरी समाचार सम्प्रेषित भएकोप्रति प्रेस काउन्सिले सजग र कानुनी दायरामा ल्याएको बताउँदै त्यस्ता कुराहरुबाट पत्रकारहरु जिम्मेवार हुनुपर्ने उनको सुझाव थियो । अर्का सदस्य शरदप्रसाद अधिकारी र प्रेस काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले पत्रकार, सरकारी कार्यालय, सुरक्षा निकाय, नागरिक समाजका अगुवा र पत्रकारहरुले राखेका जिज्ञासा तथा सुझावहरुलाई ग्रहण गर्दै आफ्नो तर्फबाट प्रस्ट्याएका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ गुल्मीको संयोजनमा भएको हो । कार्यक्रममा यहाँको सञ्चार माध्यम, पत्रकारिता र पत्रकारको अवस्थाबारे महासंघका अध्यक्ष टोपलाल अर्यालले प्रस्ट्याएका थिए ।

सरकारी कार्यालयकोतर्फबाट बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले गुल्मी जिल्लाका सरकारी कार्यालय, सुरक्षा निकायबाट सहज रुपमा सुचना उपलब्ध गराईएको बताए । हालसम्म यहाँका पत्रकारहरुले पत्रकारआचारसंहिता विपरित समाचारहरु सम्प्रेषण नगरेको बताए । त्यस्तै महासंघका पूर्व अध्यक्ष जनार्दन घिमिरेले पनि आफ्नो धारणा राख्दै युटुवरका कारण पत्रकारितामा चुनौति थपिएको बताए । उनले पत्रकारले सत्य र तथ्यलाई आधार बनाएर समाचार सामग्री सम्प्रेषण गर्ने गरेको तर युटुवमा भ्युजका लागि सामग्री बंगाउने र अतिरञ्जित पार्ने गतिविधिका कारणले सत्य समाचार प्रवाहमा समेत यसले चुनौति थपेको बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।