ताजा अपडेट »

तिलोत्तमाको नमस्ते एकेडेमीबाट श्रीलङ्कामा सम्पन्न कराँते प्रतियोगिताका पदक विजेतालाई सम्मान

शुक्रबार, २२ मंसिर २०८०, १७ : ३६
80 Shares
शुक्रबार, २२ मंसिर २०८०
80 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमा–१४ मा अवस्थित नमस्ते एकेडेमीले श्रीलंका र मलेसीयामा पुगेर कराँते प्रतियोगिताको विभिन्न विधाका पदक विजेताहरुलाई शुक्रबार सम्मान गरेको छ । लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले एकेडेमीबाट प्रतिनिधित्व गर्दै मलेसिया र श्रीलङ्गामा गएर स्वर्ण पदक, रजत र कास्य पदक प्राप्त गर्ने विद्यार्थीलाई प्रमाणपत्रसहित सम्मान गरे ।

सो अवसरमा बोल्दै प्रदेश प्रमुख शेरचनले शिक्षा र बालबालिकाको सर्वाङ्गिर्ण विकासका लागि खेलकूद पनि महत्वपूर्ण रहेको उल्लेख गरे । बौद्धिकसँगै शारिक बिकास र त्यसको शिक्षा आवश्यक पर्ने बताउँदै उनले व्यवहारिक शिक्षामा जोड दिए । नारा र भाषणले मात्रै मुलुकमा समृद्धि हासिल गर्न नसकिने दाबी गदैै शेरचनले युवाहरुलाई व्यवहारिक र वैज्ञानिक शिक्षा प्रदान गरी रोजगार सिर्जना र आर्थिक समृद्धिमा अघि बढ्नु पर्ने बताए ।

नमस्ते एकेडेमीबाट सहभागी विद्यार्थीले श्रीलङ्काको राजधानी कोलम्बोमा सम्पन्न १० औं अन्तर्राष्ट्रिय सोतोकन खुला कराँते प्रतियोगितामा उत्कृष्ट प्रदर्शनसहित पाँच राष्ट्रलाई पछि पार्दै ३ स्वर्ण, २ रजत र ३ कास्य पदक प्राप्त गर्न सफल भएका थिए । बन्दरागमन अन्तर्राष्ट्रिय इन्डोर स्टेडियममा भएको खेलमा नेपालसहित भारत, श्रीलंका, पाकिस्तान र माल्दिब्सका खेलाडीहरुको सहभागिता रहेको थियो।

एकेडेमीका विद्यार्थीहरु देवकुमार शाहले कुमिते बिधामा एक स्वर्ण र काँता बिधामा १ रजत तथा बेद जैसवाल र अन्स चौधरीेले कुमिते बिधामा स्वर्ण पदक प्राप्त गर्न सफल भएका थिए । त्यसै गरी आइलेसजङ्ग थापाले रजत पदक र नितिशा श्रेष्ठ, हिमानी थापा मगर र वीरबहादुर कुमालले कास्य पदक प्राप्त गरेका थिए । एकेडेमीबाट सहभागी ७ जना विद्यार्थीले विभिन्न विधामा उत्कृष्ट खेल प्रदर्शन गर्दै नेपाल र नेपालीको नाम दक्षिण यसियामा चम्काउन सफल भएको टिम व्यवस्थापक विद्यालयका संस्थापक प्राचार्य राजेन्द्र कुँवरले बताए ।

नमस्ते एकेडेमीले यसअघि २०२२ मा श्रीलंका र २०२३ मा मलेसिया गएर खेल खेलेर च्याम्पीयन हुँदै ट्रफी लिएर आएको थियो । उक्त प्रतियोगिताहरुमा पदक विजेता विद्यार्थीलाई समेत शुक्रबार सम्मान गरिएको थियो । ब्रिटिस एजुकेशन ग्रुपका स्कूल हेड अरुण कंडेलको अध्यक्षता तथा एकेडेमीका सह प्राचार्य लिलामणी पाण्डेको सञ्चालनमा कार्यक्रम भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।