ताजा अपडेट »

भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थलमा उडानलाई नियमित गराउन काठमाडौंमा दबाब

सोमबार, १८ मंसिर २०८०, १९ : ०२
62 Shares
सोमबार, १८ मंसिर २०८०
62 Shares

काठमाडौं  । भैरहवा स्थित गाैतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडानलाई नियमित गराउन माग गर्दै नेपाल एशाेसिएसन अफ ट्राभल्स एन्ड टुर एजेन्ट ( नाट्टा) लुम्बिनी प्रदेशकाे एक प्रतिनिधि मन्डलले नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदिप अधिकारिलाई ज्ञापनपत्र बुझाएकाे छ । महानिर्देशक अधिकारिकाे कार्यकक्षमा पुगी नाट्टाकाे टिमले जतिसक्दाे छिटाे भैरहवाबाट अन्तर्राष्ट्रिय उडान नियमित गराउन अनुराेध गरेकाे हाे ।

ज्ञापनपत्र बुझेपछि अधिकारिले क्यानले भैरहवा स्थित गाैतमबुद्ध  विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नियमित सन्चालन गर्न कुनै कमि नगर्ने प्रतिबद्धता जनाएका छन् ।
नाट्टाकाे टिमले आज साेमबार नै  काठमाडौं स्थित एसियाली विकास बैंकका नेपाल प्रतिनिधिलाई समेत भेटि ध्यानाकर्षण गराएका छन् । साे भेटमा नाट्टा लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष सागर अधिकारिले एडिबिकाे लगानीमा निर्मित भैरहवाकाे गाैतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नियमित गराउन एडिबिले पनि सक्रियता देखाउनुपर्नेमा जाेड दिए ।

नाट्टासँगकाे छलफलमा एडिबिका प्रतिनिधि हेमन्त तिवारिले  भैरहवा स्थित गाैतमबुद्ध विमानस्थलकाे सन्चालनमा सरकारले नै सक्रियतापूर्वक कदम चाल्नुपर्ने बताए । यसैगरि एडिबिकाे नेपाल स्थित यातयात विज्ञ भुपेन्द्र चन्द भट्टले नाट्टाकाे तर्फबाट राखिएकाे चासाेलाई गम्भिरतापूर्वक लिएकाे बताए ।

नाट्टा लुम्बिनी टिमले गाैतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडानकाे नियमितताकाेलागि आईतबार सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातिलाई समेत ज्ञापनपत्र बुझाएकाे थियाे । यसैगरी नेपाल बायुसेवा निगमलाई  पनि ज्ञापनपत्र बुझाएकाे थियाे । उता भैरहवामा रहेका संघसंस्थाले भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुचारु नभए सडक आन्दाेलन गर्ने घाेषणा समेत गरेका छन् ।

सिद्धार्थ सन्जालले आगमी मंसिर २२ गते भैरहवाबाट अन्तर्राष्ट्रिय उडान नियमित गराउन व्यापक विभिन्न संघसंस्थाकाे सहभागितामा विमानस्थल अगाडि प्रदर्शन गर्ने घाेषणा साेमबार विहान पत्रकार सम्मेलन गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।