ताजा अपडेट »

एनएसएल : आज झापा र काठमाडौं भिड्दै

सोमबार, १८ मंसिर २०८०, ०९ : २०
61 Shares
सोमबार, १८ मंसिर २०८०
61 Shares

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा आज झापा एफसी र काठमाडौँ रेजर्स एफसी बीच प्रतिस्पर्धा हुँदैछ । झापा पहिलो जितको लक्ष्यमा मैदान जाँदा काठमाडौं रेजर्स दुई गोलको जित निकाल्दै अङ्कतालिकाको शीर्ष स्थानमा पुग्ने रणनीतिसहित मैदानमा हुनेछ ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ५ बजेबाट सुरु हुनेछ । जारी खेलमा १ अङ्क सहित अङ्क तालिकाको आठौं स्थानमा रहेको जितविहीन झापा एफसी आज पहिलो जितको खोजीमा हुनेछ । जारी खेलमा पोखरा थन्डर्सविरुद्ध १/१ को बराबरी खेलेको झापाले इस्पोर्टिङ इलामसँगको खेलमा पेनाल्टीमा चुक्दा हार बेहोरेको थियो । 

अघिल्लो सिजनको साविक विजेता काठमाडौँ रेजर्स आफ्नो तेस्रो खेलमा आज दुई गोलको जित निकाल्दै अङ्क तालिकाको शीर्ष स्थानमा पुग्ने लक्ष्यमा मैदान जानेछ । रेजर्सले पहिलो खेलमा स्पोर्टिङ इलामलाई १-० ले हराएको थियो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।