ताजा अपडेट »

इराकमा सांसदका आफन्त सवार गाडीमा बम आक्रमण, १० को मृत्यु

शुक्रबार, १५ मंसिर २०८०, ०८ : १७
66 Shares
शुक्रबार, १५ मंसिर २०८०
66 Shares

बग्दाद। इराकमा सांसदका आफन्तसहित उद्धार टोलीमाथि बम आक्रमण भएको छ । इराकको पूर्वी दियाला प्रान्तको अमरनिया सहर नजिकै बिहीबार साँझ एउटा गाडी र उद्धार टोलीमाथि आक्रमण भएको हो ।

रोयटर्सका अनुसार गाडी र उद्धार टोली माथी सडक किनारमा राखिएको बम र गोलीले आक्रमण गरी कम्तीमा १० जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। सुरक्षा बलसँग सम्बन्धित स्रोतहरूले इराकको अमरनिया सहर नजिकै स्थानीय सांसदका आफन्तहरूलाई निशाना बनाएको जानकारी दिएका छन । सो क्रममा उनीहरुमाथि अज्ञात आक्रमणकारीले बम प्रहार गर्नुका साथै स्नाइपर फायरिङ समेत गरेको थियो । उनले आक्रमणको सम्भावित कारणबारे खुलाएनन्। आक्रमणपछि सुरक्षा बलले उक्त क्षेत्रमा कर्फ्यू लगाएको छ ।

अक्टोबर २०२३ को अन्तिम दिनमा इराकको राजधानी बगदादमा पनि यस्तै आक्रमण भएको थियो । यो हमला अक्टोबर २७ मा रेडक्रसको मुख्यालय र प्रहरी चौकी नजिक भएको थियो, जसमा ३३ जनाको मृत्यु भएको थियो। अघिल्लो राति छुट्टाछुट्टै आक्रमणमा तीन अमेरिकी सैनिक मारिएपछि यो हमला गरिएको हो।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।