बुटवल । पोखरामा जारी प्रथम केपीओली कप टि २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज सेमिफाइनलका खेल हुँदै छन् । लिग कम नकआउटको आधारमा भएको प्रतियोगिमा फाइनल प्रवेशका लागि आज बागमती प्रदेश र नेपाल आर्मी बीच प्रतिस्पर्धा हुँदै छ ।
बागमतीको कप्तानी सन्दिप लामीछानेले गरेका छन् भने आर्मीको रोहित पौडेलले । सन्दिप राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान र वर्तमान कप्तान रोहित पौडेलको समूह बीच आज हुने प्रतिस्पर्धा रोचक हुने देखिएको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा हुने दोस्रो खेलमा मधेश प्रदेश र एपिएफ क्लव प्रतिस्पर्धा गर्ने छन् । आजको विजेता २ समूह फाइनल प्रवेश गर्दै उपाधीका लागि आइतबार प्रतिस्पर्धा गर्ने छन् ।
प्रतिक्रिया