ताजा अपडेट »

नेकपा एमालेको मध्य पहाडी लोकमार्ग पदयात्रा आजबाट सुरु हुँँदै

विहीबार, १४ मंसिर २०८०, ०७ : ०२
60 Shares
विहीबार, १४ मंसिर २०८०
60 Shares

काठमाडौं। नेकपा एमालेको  मध्य पहाडी लोक मार्ग पदयात्रा आजबाट सुरु हुँदैछ । अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटबाट मध्य पहाडी लोक मार्ग यात्राको उद्घाटन गर्दैछन ।

पुष्पलाल राजमार्ग नामकरण गरिएको मध्य पहाडी राजमार्गको करिब एक हजार ८७९ किलोमिटरसम्म एमालेको पदयात्रा जारी रहने छ । एमालेका अनुसार झुलाघाट–चिवाभञ्ज्याङ यात्रा तीन सातामा टुङ्ग्याइनेछ ।

जसका लागि अध्यक्ष ओलीसहित पार्टीका शिर्ष नेताहरु बैतडीको झुलाघाट पुगिसकेका छन् । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।