१४ मंसिर २०८०, बिहीबार

Nov 30, 2023

पाल्पा । रिङसिङ्लेक सामुदायिक विकास कृषि सहकारी संस्था लिमिटेड,तिनाउ-१ ,ओखलढुंगाकाे ११ ओै वार्षिक साधारणसभा आईतवार ओखलढुंगा र कचलफाँटमा सम्पन्न भएको छ ।

Advertisement

सभाका प्रमुख अतिथि तिनाउ गापा,वडा नं १ का वडाध्यक्ष भुवानसिंह चिदीले गाउँमा खुलेकाे रिङसिङलेक कृषि सहकारीमार्फत गाउँलेहरुकाे जीवनाेस्तरमा टेवा पुगेकाे बताए । उनले गाउँमा माैरीपालन,पशुपालन,तरकारी खेती र अम्रिसाे उत्पादनले आर्थिक उपार्जनमा सहयाेग मिलेकाे बताउँदै सहकारीले कृषि प्राविधि एवम् आर्थिक क्षेत्रमा सक्दाे सहयाेग गर्नुपर्नेमा जाेड दिए ।

साथै पालिकाले कृषि उपज बिक्रीवितरण केन्द्र बुटवलमा सञ्चालन गरेकाे हुँदा उत्पादित कृषि उपज साेही केन्द्रमा लैजान समेत वडाध्यक्ष चिदीले किसानहरुलाई अनुराेध गरे । उक्त सभामा युवा वर्ष मावि,व्यवस्थापन समितिका अध्यक्ष राेमबहादुर लम्तरी,ज्ञानाेदय मावि,व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर घर्तिमगर र बेलचाैर आधारभूत विद्यालयका अध्यक्ष अमर सुनारीले रिङसिङलेक  सहकारी,गाउँमा आर्थिक परिवर्तन र सामाजिक विकासमा बरदान सावित भएकाे उल्लेख गरे ।

सभामा सहकारीका अध्यक्ष ओमबहादुर सुनारीले वार्षिक प्रगति प्रतिवेदन,चालू वर्षकाे याेजना ,कार्यक्रमसँगै अनुमानित वजेट समेत प्रस्तुत गरेका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

वडाध्याक्षकै अगुवाइमा बाटो अवरुद्ध रास्वपाका सबै सांसद केन्द्रीय सदस्य एनसेलबाट बाहिरिने आजियाटा ग्रुपको घोषणा नागरिक केन्द्रीत राज्य व्यवस्था स्थापनाको लागि भन्दै ‘नागरिक पहिलो’ अभियानको घोषणा पाल्पाका २२ वर्षीय सन्तोष सम्पर्कविहीन, खोजि गरिदिन परिवारको आग्रह आम्दा अस्पतालमा सुत्केरी मृत्यु : ‘अस्पतालले हतारमा शव जिम्मा लगाएर उम्किन खोज्नुको कारण के थियो ?’ प्रेमिकाको बिहेमा नाच्ने अवसर! टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन निर्देशन भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास बनाउन सुरक्षाकर्मी खटाइने राष्ट्रियसभा निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ? म्याद गुज्रेको खाद्य सामग्री बिक्री त्रिविको इञ्जिनियरिङमा आवेदन दिने बढे, प्रवेश परीक्षा दिने घटे बुटवलको आम्दा अस्पतालमा सुरक्षा व्यवस्था कडा, सर्वसाधारणलाई प्रवेश निषेध सुत्केरीको मृत्यु भएपछि आम्दा अस्पतालका मेसु बस्यालमाथि कुटपिट केपी ओली कप क्रिकेट : सेमिफाइनल समीकरण पूरा, विहिबार फाइनल प्रवेशका लागि प्रतिस्पर्धा प्रधानमन्त्री प्रचण्ड आज यूएई जाने अस्टिनवासी समुदायसँग नेजाद्वारा अन्तरक्रिया प्रदीप खड्का ‘ऐरी’ बाट बलिउडमा प्रवेश गर्दै बिल नभएको सुन जस्तो देखिने धातुसहित एकजना पक्राउ