पोखरा । राष्ट्रिय युवा संघ पर्वतको विस्तारित भेलामा झडप भएको छ । जिल्ला पार्टी कार्यालयमा भएको भेलाका क्रममा दुई पक्षबीच विवाद भएपछि झडप भएको हो ।
झडपमा परी एमाले प्रदेश कमिटी सदस्य एवम् युवा संघका केन्द्रीय सदस्य अर्जुन पौडेलसहितका नेता घाइते भएका छन् । पौडेलको टाउकोमा गम्भीर चोट लागेको बताइएको छ ।
एक पक्षले पार्टी पदाधिकारीमाथि हातपात गर्न थालेपछि झडपको स्थिति भएको अर्को पक्षको दाबी छ ।
युवा संघका अध्यक्ष विनोद थापा र सचिव प्रकाश थकाली अधिवेशन नगर्ने पक्षमा थिए । तर, एमाले पर्वतको पहलमा बोलाइएको अधिवेशनमा झडप हुँदा पौडेल घाइते भएका हुन् । एमाले पर्वतका अध्यक्ष गोविन्द गिरीले आफुलाई आक्रमण हुँदा असमझदारी भएको दाबी गरे ।
प्रतिक्रिया