१४ मंसिर २०८०, बिहीबार

Nov 30, 2023

बुटवल । नेपाल चलचित्र बोर्डले बुटवलको क्यूएफएक्ससहितका हलहरुको सोमबार निरीक्षण गरेको छ । बोर्डका सदस्य तथा प्रवक्ता केएल बुढाथोकीको नेतृत्वमा बटवलका हलहरुको निरीक्षण तथा मोफसलमा व्यापारको अवस्था बारे अन्तरक्रिया गरिएको हो ।

विश्वव्यापी कोरोना महामारी तथा आर्थिक मन्दीसँगै देशभरका सिनेमा हलहरु मर्कामा परेको बताउँदै चलचित्र बोर्ड प्रवक्ता बुढाथोकीले फेरि पहिलेकै अवस्थामा ल्याउने गरि बोर्ड लागिरहेको बताए । विशेष गरि मोफसलमा हलहरुमा दर्शक ल्याउने गरि आफ्नो पहल सधै जारी रहने उनले प्रतिवद्धता गरे । चलचित्र पत्रकार संघ रुपन्देहीका पूर्व अध्यक्ष सुमन श्रेष्ठले विगतदेखिनै मोफसललाई केन्द्रले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनु पर्नेमा जोड दिए । श्रेष्ठले बुटवल लगायत काठमाडौं बाहिरका शहरहरुमा पनि सुविधा सम्पन्न र स्तरीय फिल्महलहरु थपिने क्रम बढेको बताउँदै चलचित्रको व्यापार विस्तारका लागि दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेकोमा जोड दिए ।

चलचित्र पत्रकार संघ रुपन्देहीका अध्यक्ष मोहन न्यौपानेले मोफसलमा रहेर काम गरिरहेका पत्रकार तथा रङ्गकर्मीका लागि राज्यले आवश्यक लगानी गर्न नसकेको गुनासो गरे । संघका उपाध्यक्ष दिनेश कुमार श्रेष्ठले मोफिलमा रहेर कलम चलाउने पत्रकारहरुको क्षमता विकासका लागि चलचित्र बिकास बोर्ड लगानी गर्न आग्रह गरे । निरीक्षणका क्रममा बुटवल क्यूएफएक्सका व्यवस्थापक महेश्वर गिरी, भ्यूसिनेमा बुटवलका सञचालक प्रेमप्रकाश श्रेष्ठ, तथा क्यूबक्स बुटवलका सञ्चालक महेन्द्र नारायण श्रेष्ठले आफ्ना समस्याहरु बारे बोर्डलाई जानकारी गराएका थिए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

लुम्बिनीमा छाडा चौपायाको व्यवस्थापन गर्न कोष र नगरपालिकाविच सहकार्य बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ : प्रदेश प्रमुख शेरचन हरियाली प्रबर्द्धनमा नमस्ते एकेडेमी भूकम्प प्रभावितलाई दोस्रो किस्ताको रकम दिन ढिलाइ गरिँदैन : गृहमन्त्री आम्दा अस्पतालमा सुत्केरी मृत्यु प्रकरण : ३ दिनदेखि शव अस्पतालको गेटमा बाग्लुङका कांग्रेसका क्षेत्रीय सभापति पक्राउ, आरोप- मापसे गरी प्रहरीमाथी कुटपिट एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले दावी नक्कली शरणार्थी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग रविको राजनीतिक प्रतिवेदन – प्रदेश भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्तीकेन्द्र बन्याे, विकल्प सोच्नुपर्छ आगो ताप्ने क्रममा जलेर मृत्यु विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ सुनको मूल्य स्थिर बढ्दै छ सामुदायिक विद्यालयप्रति आकर्षण इजरायल र हमासबीचको युद्धविराम थप १ दिन लम्ब्याइयो कोप–२८ मा भाग लिन प्रधानमन्त्री प्रचण्ड दुबईमा एमालेको मध्य पहाडी लोकमार्ग पद यात्रा सुरू (फाेटाेफिचर) चिनियाँ बालबालिकामा निमोनियाको प्रकोप ‘आउटब्रेक’, भारतमा महामारी रोक्न तयारी सुरू इजरायली जेलमा यौन दुर्व्यवहार हुने गरेको मुक्त कैदीहरुको दाबी प्रथम केपीओली कप टि २० : रोहित र सन्दीपको टिम भिड्दै दक्षिण एसियामै पहिलोपटक लमजुङमा समलिंगी विवाह दर्ता