१४ मंसिर २०८०, बिहीबार

Nov 30, 2023

बुटवल । बुद्व सामुदायिक वन उपभाेक्ता समूह,देवदहकाे १२ ओैं वार्षिक साधारणसभा बिहिवार देवदहमा सम्पन्न भएको छ ।

Advertisement

वार्षिक साधारणसभामा समूहका अध्यक्ष टेकबहादुर रानाले वार्षिक प्रगति प्रतिवेदन र चालू वर्षकाे याेजना तथा कार्यक्रम पेस गरेका थिए । साथै समूहकी सचिव राधिका कुमारी अर्यालले गत आर्थिक वर्षकाे आर्थिक प्रगति प्रतिवेद र  यस वर्षका लागि करिव डेढ कराेड बराबरकाे अनुमानित वजेट पेश गरेकी थिईन ।

सभाकी प्रमुख अतिथि देवदह नगरपालिकाकी उपप्रमुख बिद्यालक्ष्मी गुरुङले बुद्व सामुदायिक वनले देवदहलाई देश र विदेशसम्म चिन्ने गरि पर्यापर्यटन विकासका लागि राष्ट्रिय गाैतमबुद्व उद्यान बनाएकाेमा खुसी प्रकट गरिन् । समृद्ध नगर,सुखी नगरबासी बनाउने अभियानमा बुद्व सामुदायिक वनकाे याेगदान अतुलनीय रहेकाे उल्लेख गर्दै फाेहाेर व्यवस्थापन,वातावरणीय सरसरफाइ,आयमुखी क्रियाकलापमा जाेड दिएकाेमा वनप्रति आभार प्रकट गरिन् ।


सभाका विशिष्ट अतिथि एवम् नगर प्रवक्ता गणेश डुम्रेले वनका ढलापडा कुहिएर जाने तर स्थानीयले प्रयाेग गर्न ऐन बाधक रहेका समस्याले देवदह नगरले छिट्टै स्थानीय वन ऐन, कानून,नियमावली ल्याउन थालेकाे बताए । साथै वनले वनउद्यममा ध्यान पुराउनु पर्ने बताए । उक्त सभामा वडा नं. ६ का वडाध्यक्ष खेमबहादुर थापाले वनलाई आर्थिक उपार्जनकाे बाटाे बनाउनु पर्नेमा चर्चा गरे । साे सभामा विशिष्ट अतिथिका रुपमा रहेका सामुदायिक वन समन्वय समिति,तिनाउ,पाल्पाका अध्यक्ष दलबहादुर गुरुङले वनप्रतिकाे निर्भरता घटाउँदै हरिया वनबाट हरिया नाेट आम्दानी गर्न सकिने वैधानिक उपाय र बाटाका बारेमा जानकारी गराए ।

स्थानीय वनलाई उद्यमसँग जाेड्न सीपमूलक काममा वन लाग्नु पर्ने सुझाए । उक्त सभामा देवदह सब डिभिजनल वनका अधिकृत मुसाफिर भगत,खेमनारायण अधिकारी,यमलाल तिवारी,सन्ताेष भट्टराई,थमनसिंह गुरुङ लगायतले बुद्व सामुदायिक वनका काम प्रशंसनीय र प्रभावकारी रहेकाे बताए । वार्षिक साधारणसभाका अवसरमा समूहले  ८० नाँघेका आफ्ना ज्येष्ठ उपभाेक्ताहरुलाई दाेसल्ला तथा नगदले सम्मान गरिएकाे थियाे ।

प्रतिकृया दिनुहोस्

Flash News

आम्दा अस्पतालमा सुत्केरी मृत्यु प्रकरण : ३ दिनदेखि शव अस्पतालको गेटमा बाग्लुङका कांग्रेसका क्षेत्रीय सभापति पक्राउ, आरोप- मापसे गरी प्रहरीमाथी कुटपिट एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले दावी नक्कली शरणार्थी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग रविको राजनीतिक प्रतिवेदन – प्रदेश भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्तीकेन्द्र बन्याे, विकल्प सोच्नुपर्छ आगो ताप्ने क्रममा जलेर मृत्यु विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ सुनको मूल्य स्थिर बढ्दै छ सामुदायिक विद्यालयप्रति आकर्षण इजरायल र हमासबीचको युद्धविराम थप १ दिन लम्ब्याइयो कोप–२८ मा भाग लिन प्रधानमन्त्री प्रचण्ड दुबईमा एमालेको मध्य पहाडी लोकमार्ग पद यात्रा सुरू (फाेटाेफिचर) चिनियाँ बालबालिकामा निमोनियाको प्रकोप ‘आउटब्रेक’, भारतमा महामारी रोक्न तयारी सुरू इजरायली जेलमा यौन दुर्व्यवहार हुने गरेको मुक्त कैदीहरुको दाबी प्रथम केपीओली कप टि २० : रोहित र सन्दीपको टिम भिड्दै दक्षिण एसियामै पहिलोपटक लमजुङमा समलिंगी विवाह दर्ता कोपको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री दुबई प्रस्थान नेकपा एमालेको मध्य पहाडी लोकमार्ग पदयात्रा आजबाट सुरु हुँँदै सुपर लिगः धनगढी र बुटबल लुम्बिनी भिड्दै वडाध्याक्षकै अगुवाइमा बाटो अवरुद्ध