ताजा अपडेट »

बुटवल–१० द्वारा विजयदशमीको शुभकामना आदानप्रदान

मंगलबार, २३ असोज २०८०, १५ : ३१
136 Shares
मंगलबार, २३ असोज २०८०
136 Shares

बुटवल । बुटवल उपमहानगरपालिका – १० ले बिजयादशमीको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा २०४८ देखी २०७४ सम्मका पुर्व जनप्रतिनिधि, स्थापनाकालदेखी वर्तमानसम्मका टोल वडा अध्यक्ष , ९० वर्ष माथिका ज्येष्ठ नागरिक, २०५२ सालदेखि काम गर्दै आएका स्वास्थ्य सेविका समाजसेवी र पत्रकारलार्इ सम्मान गरेको छ । कार्यक्रममा ज्येष्ठ नागरिक पुर्णकला पराजुली, पवि गुरुङ र ललिता गैरेलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि बुटवल प्रमुख खेलराज पाण्डेयले धन्यवाद ज्ञापन गरी बुटवललाई खुसी समृद्धि र उज्यालो बुटवल बनाउनका लागि सबैलाइ आग्रह गरे । साथै आउँदै गरेको विजयादशमी तथा छटपर्वको शुभकामना दिँदै दिए । उक्त कार्यक्रम वडा अध्यक्ष बल बहादुर पुनको अध्यक्षतामा भएको थियो । अध्यक्ष बल बहादुर पुनले उधमशिलता कार्यक्रमहरु गरेको र अझै महिलाहरुका लागी सिपमुलक तालिमहरु ल्याउने बताए ।

स्वयंसेविका संयोजक चन्द्रकला बुदाथोकी, परीजात आमा समुह अध्यक्ष हरि छेत्री, पुर्व टोल विकास संस्था अध्यक्ष धर्मराज पौडेल, समाजसेवि हुमप्रसाद अधिकारी ,समाज सुधार डिल्लीराम अर्याल कालिका टोलका अध्यक्ष भेग बहादुर सारु , रामनगर समुदायिक बनका अध्यक्ष रुद्र हमाल, कालिका खानेपानी तथा सरसफाई अध्यक्ष जनक बहादुर थापा, समाजसेवी केशव बहादुर गुरुङ, नेकपा माओवादी दिलीप सुनार लगायतले शुभकामना व्यक्त गरेका थिए ।

यस्तै कार्यक्रममा नारायण वली र मनु गुरुङलाई सम्पन गरिएको थियो । वडा सचिव गणेश प्रसाद न्यौपानेको संचालनमा भएको कार्यक्रममा वडा सदस्य यमुना काउचा स्वागत मन्तव्य राखेकी थिइन

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।