१४ मंसिर २०८०, बिहीबार

Nov 30, 2023

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सासँगको सहकार्यमा वीरगञ्जका विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । आउँदै गरेको नेपालीहरूको मुख्य चाड दसैँ, तिहार र छठमा यात्रा गर्नेहरूको सहजताका लागि सहायता कक्ष स्थापना गरिएको हो ।

Advertisement

चाडपर्वका बेला यात्रुलाई हैरानी हुनसक्ने भन्दै वीरगञ्जको बसपार्क, परवानीपुर चोक र भारतबाट नेपालको प्रवेश बिन्दु शङ्कराचार्यद्वार अगाडि यात्रु सहायता कक्ष स्थापना गरिएको वडा प्रहरी कार्यालय बिर्ता प्रमुख एवम् निरीक्षक (इन्स्पेक्टर) पुष्कर बोगटीले बताए । पर्वको समयमा आफ्नो गन्तव्य तर्फ जाने यात्रुहरूले भोग्ने गरेको समस्यालाई न्यूनीकरण गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको सहायता कक्षबाट हालसम्म सयौँ यात्रुले लाभ लिएको इन्स्पेक्टर बोगटीले बताए ।

उनले समस्या परेको खण्डमा सोझै यात्रु सहायता कक्षामा पुगेर त्यहाँ खटाइएका प्रहरी प्रतिनिधिलाई सम्पर्क गर्न यात्रुहरूसँग आग्रह पनि आग्रह गरे । ‘चाडपर्वको मौका छोपी साना तथा ठूला दुरीका सवारीसाधनले यात्रुलाई ठग्ने, बढी भाडा असुल गर्ने, क्षमता भन्दा बढी यात्रु चढाउने जस्ता गुनासो आउने गरेका छन्,’ इन्स्पेक्टर बोगटीले भने, ‘त्यस्तो समस्यालाई न्यूनीकरण गर्दै यात्रुलाई सुरक्षित ढङ्गबाट गन्तव्य तर्फ पुर्‍याउने हाम्रो उद्देश्य हो ।

हालसम्म यसमा सयौँ यात्रुले यसको लाभ उठाइसकेका छन् ।’ त्यस्तै यात्रा गर्ने क्रममा हुने चोरी, डकैती, लुटपाट नियन्त्रण, सवारीसाधनले मापदण्ड अनुसार बुज्रुग, महिला र अपाङ्गता भएका व्यक्तिलाई दिनुपर्ने सहुलियतको निगरानी गर्न पनि सहायता कक्षले सहयोग पुर्‍याउने इन्स्पेक्टर बोगटीको विश्वास छ । प्रत्येक यात्रु साहयता कक्षमा मास्क, सेनीटाइजरको पनि व्यवस्था गरिएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

लुम्बिनीमा छाडा चौपायाको व्यवस्थापन गर्न कोष र नगरपालिकाविच सहकार्य बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ : प्रदेश प्रमुख शेरचन हरियाली प्रबर्द्धनमा नमस्ते एकेडेमी भूकम्प प्रभावितलाई दोस्रो किस्ताको रकम दिन ढिलाइ गरिँदैन : गृहमन्त्री आम्दा अस्पतालमा सुत्केरी मृत्यु प्रकरण : ३ दिनदेखि शव अस्पतालको गेटमा बाग्लुङका कांग्रेसका क्षेत्रीय सभापति पक्राउ, आरोप- मापसे गरी प्रहरीमाथी कुटपिट एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले दावी नक्कली शरणार्थी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग रविको राजनीतिक प्रतिवेदन – प्रदेश भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्तीकेन्द्र बन्याे, विकल्प सोच्नुपर्छ आगो ताप्ने क्रममा जलेर मृत्यु विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ सुनको मूल्य स्थिर बढ्दै छ सामुदायिक विद्यालयप्रति आकर्षण इजरायल र हमासबीचको युद्धविराम थप १ दिन लम्ब्याइयो कोप–२८ मा भाग लिन प्रधानमन्त्री प्रचण्ड दुबईमा एमालेको मध्य पहाडी लोकमार्ग पद यात्रा सुरू (फाेटाेफिचर) चिनियाँ बालबालिकामा निमोनियाको प्रकोप ‘आउटब्रेक’, भारतमा महामारी रोक्न तयारी सुरू इजरायली जेलमा यौन दुर्व्यवहार हुने गरेको मुक्त कैदीहरुको दाबी प्रथम केपीओली कप टि २० : रोहित र सन्दीपको टिम भिड्दै दक्षिण एसियामै पहिलोपटक लमजुङमा समलिंगी विवाह दर्ता