१४ मंसिर २०८०, बिहीबार

Nov 30, 2023

भैरहवा । सिद्धार्थ उद्योग बाणिज्य संघले दशै लक्षित “दशैँ बजार २०८०” संचालन गर्ने भएको छ । असोज २८ गते देखि कार्तिक ३ गतेसम्म संघकै परिसरमा सहुलियत दरमा दशै बजार संचालन हुने भएको हो । दशै बजार २०८० मा दैनिक उपभोग्य खाद्यन्न, जुत्ता, चप्पल, घरेलू उत्पादन, खाजा घर दुई अटोमाबाइल सहितका २५ वटा स्टलहरु रहने कार्यक्रम संयोजक अर्जुन कार्कीले जानकारी दिए ।

Advertisement

दशैँ बजारमा स्थानिय भैरहवा बजार क्षेत्रबाट करिव १५ हजार जनाको संख्यामा उपभोक्ता तथा अवलोकन कर्ताहरुको आवागमन हुने अपेक्षा गरिएको छ । यस अवधिमा करिब रु ५० देखि ६० लाख रुपैया बराबरको कारोवार हुने अनुमान गरिएको कार्कीले बताए । बजारमा उपभोक्ता तथा अवलोकन कताहरुको सुरक्षालाई ध्यानमा राखि सिसिटिभि जडान गरिएको कार्कीले बताए । उपभोक्ताहरुले विभिन्न स्टलहरुबाट ५ हजार रुपैया भन्दा माथिको सामान खरिद गरेको बिलको आधारमा काशी सिनेप्लेक्सबाट एउट फ्रि टिकटको को व्यवस्था समेत गरिएको छ ।

बजारले स्वदेशी तथा गुणस्तरीय वस्तु एवं सेवाहरुको उपभोग प्रति उपभोक्ताहरुलाई उत्प्रेरित गर्ने संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले बताए । उपभोक्ताहरुलाई स्वदेशी बजारमा खरिद गर्ने बानीको विकास गराउने उद्देश्य लिएको उनले बताए । विभिन्न उद्योग, व्यावसायीहरुसंगको सहकार्यमा उपभोक्ताहरुलाई सबै शुलभ रुपमा एकै थलोबाट सहज तरीकाले दैनिक उपभोग्य वस्तुहरु विक्रि वितरण गर्ने, स्थानिय खाद्यपदार्थको प्रवद्धन तथा उचित मुल्यबारे जानकारी गराउने उद्देश्य पनि रहेको उनले बताए ।

२०५१ सालमा स्थापित सिद्धार्थ उद्योग वाणिज्य संघले पहिलो पटक वि.सं.२०५८ साल कार्तिक १ गते देखि ६ गते सम्म, दोस्रो पटक वि.सं. २०५९ साल असोज २१ गते देखि २६ गते सम्म संघ परिसरमा दशै बजार गरिएको थियो । तेश्रो पटक बजार गर्न भने २० बर्ष कुर्नु पर्‍यो । तेस्रो पटक वि.स. २०७९ साल असोज ११ गते देखि १४ गते सम्म संघले आयोजना गरेको बजारको अहिले चौथो पटक आयोजना गर्दैछ ।

प्रतिकृया दिनुहोस्

Flash News

आम्दा अस्पतालमा सुत्केरी मृत्यु प्रकरण : ३ दिनदेखि शव अस्पतालको गेटमा बाग्लुङका कांग्रेसका क्षेत्रीय सभापति पक्राउ, आरोप- मापसे गरी प्रहरीमाथी कुटपिट एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले दावी नक्कली शरणार्थी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग रविको राजनीतिक प्रतिवेदन – प्रदेश भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्तीकेन्द्र बन्याे, विकल्प सोच्नुपर्छ आगो ताप्ने क्रममा जलेर मृत्यु विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ सुनको मूल्य स्थिर बढ्दै छ सामुदायिक विद्यालयप्रति आकर्षण इजरायल र हमासबीचको युद्धविराम थप १ दिन लम्ब्याइयो कोप–२८ मा भाग लिन प्रधानमन्त्री प्रचण्ड दुबईमा एमालेको मध्य पहाडी लोकमार्ग पद यात्रा सुरू (फाेटाेफिचर) चिनियाँ बालबालिकामा निमोनियाको प्रकोप ‘आउटब्रेक’, भारतमा महामारी रोक्न तयारी सुरू इजरायली जेलमा यौन दुर्व्यवहार हुने गरेको मुक्त कैदीहरुको दाबी प्रथम केपीओली कप टि २० : रोहित र सन्दीपको टिम भिड्दै दक्षिण एसियामै पहिलोपटक लमजुङमा समलिंगी विवाह दर्ता कोपको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री दुबई प्रस्थान नेकपा एमालेको मध्य पहाडी लोकमार्ग पदयात्रा आजबाट सुरु हुँँदै सुपर लिगः धनगढी र बुटबल लुम्बिनी भिड्दै वडाध्याक्षकै अगुवाइमा बाटो अवरुद्ध