२३ मंसिर २०८०, शनिबार

Dec 9, 2023

बुटवल । नेपाल विद्युत प्राधिकरणले सडक बत्तीका लागि विद्युत् प्रयोग गरी महशुल नबुझाउने ३३२ स्थानीय सरकारलाई ४५ दिनभित्र महशुल बुझाउन ताकेता गरेको छ। प्राधिकरणले सूचना प्रकाशन गर्दै ६ महानगरपालिकासहित देशभरका ३३२ स्थानीय तहलाई विद्युत महशुल बुझाउन ताकेता गरेको हो।

Advertisement

सूचना अनुसार सडक बत्तीका लागि विद्युत् प्रयोगवापत ती स्थानीय तहबाट कुल ६ अर्ब ८ करोड ९४ लाख ३११ रूपैयाँ उठ्न बाँकी छ। यो रकम गत आर्थिक वर्षको बक्यौता रहेको प्राधिकरणले जनाएको छ।

बुटवल उपमहानगरपालिकाले सडक बत्तीको बक्यौता रकम ८ करोड १७ लाख ७७ हजार ३१५ रुपैयाँ ९० पैसा तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ । यसैगरी सैनामैना नगरपालिकाले १३ लाख ६ हजार ४८ रुपैयाँ ८७ पैसा तिर्न बाँकी रहेको छ । देवदह नगरपालिकाले ३० लाख ४६ हजार २३० रुपैयाँ बाक्यौता तिर्न बाँकी हुँदा सिद्धार्थनगर नगरपालिकाको ५ करोड ६६ लाख १७ हजार ९९६ रुपैयाँ ५२ पैसा बक्यौता छ । यसैगरी लुम्बिनी साँस्कृतिक नगरपालिकाको १ लाख ९६ हजार ५४६ रुपैयाँ १३ पैसा, कोटहीमाई गाउँपालिकाको १ हजार ३९८ रुपैयाँ ८६ पैसा, ओमसतिया गाउँपालिकाको ४ लाख ५ हजार ५९० रुपैयाँ ९७ पैसा तथा कञ्चन गाउँपालिकाको ४ लाख ९६ हजार ८९० रुपैयाँ बक्यौता रहेको छ ।

सबैभन्दा बढी काठमाडौं महानगरपालिकाको मात्रै १ अर्ब ३१ करोड ६२ लाख ९८ हजार ७७२ रूपैयाँ बक्यौता रहेको प्राधिकरणले जनाएको छ। काठमाडौं महानगरपालिकाको बालाजु वितरण केन्द्रमा ३९ लाख २० हजार ९०२, वानेश्वर वितरण केन्द्रमा ४५ करोड ४२ लाख २८ हजार ६९, रत्नपार्क वितरण केन्द्रमा ८५ करोड ८१ लाख ४९ हजार ८०१ रूपैयाँ बक्यौता छ।

विराटनगर महानगरपालिकाले ८ करोड ६६ लाख ८ हजार ७०७ रूपैयाँ, ललितपुर महानगरपालिकाले २४ करोड ४१ लाख ३० हजार ३४७ रूपैयाँ, वीरगञ्ज महानगरपालिकाको १७ करोड २८ लाख ६९ हजार ४६५ रूपैयाँ, पोखरा महानगरको १३ करोड ३५ लाख १४ जार ७१२ रूपैयाँ बक्यौता छ। त्यस्तै भरतपुर महानगरपालिकाले सडक बत्तीबाट उठेको १० करोड ६२ लाख ४१ हजार ३३० रूपैयाँ महशुल नबुझाएको प्राधिकरणले जनाएको छ।

विद्युत महशुल बुझाउन बाँकी रहेको हुँदा सम्बन्धित वितरण केन्द्रमा सम्पर्क गरी सूचना प्रकाशन भएको मितिले ४५ दिनभित्र उक्त बक्यौता महशुल बुझाउन आग्रह गरेको छ। तोकिएको समयसीमाभित्र बक्यौता महशुल नबुझाए नेपाल विद्युत प्राधिकरण, विद्युत महशुल सक्कलन विनियमावली, २०७८ को विनियम १० को प्रावधान बमोजिम कारबाही गरिने प्राधिकरणले जनाएको छ।

प्राधिकरणले अनुमति नलिई बिनामिटर आफूखुसी जथाभावी सडकबत्ती जडान गर्ने कार्य नगर्न तथा बिनामिटर जडान गरिएका त्यस्ता सडक बत्तीहरूमा प्राधिकरणको सम्बन्धित वितरण केन्द्रमा सम्पर्क राखी ४५ दिनभित्र नियमानुसार मिटर जडान गराउन अनुरोध गरेको छ। मिटर जडान नगरिएका अनाधिकृत सडकबत्तीहरू हटाउने पनि प्राधिकरणले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्

Flash News

नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमाद्वारा रक्तदान गुल्मीमा पत्रकार आचारसंहिता कार्यन्वयनको अवस्था बारे छलफल मोदी फेरी पनि विश्वको लोकप्रिय नेतामा नम्बर १ मा, अमेरिकी राष्ट्रपतिलाइ ३७% मात्रै मत एभरेष्ट अन्तर विद्यालय वादविवादको उपाधि कालिका मानवज्ञानकी करिनालाई तिनाउमा सहकारी समन्वय समिति गठन नेपालगञ्जमा भ्रष्टाचार विरुद्ध ‘वाकाथन’ गुल्मीमा परिवारबाट अपहेलित ८४ वर्षीया वृद्धा : घर पस्न नपाएपछि सार्वजनिक ठाउँमा श्रीमानको काजक्रिया नेपालको वर्तमान आर्थिक अवस्था जुम्लामा जाडोले जनजीवन प्रभावित मिशन चौरासीको मार्गचित्र तिलोत्तमाको नमस्ते एकेडेमीबाट श्रीलङ्कामा सम्पन्न कराँते प्रतियोगिताका पदक विजेतालाई सम्मान गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णसञ्चालनको माग गर्दै आन्दोलन सुरुः प्रदेशका गृहमन्त्रीको साथ  उत्तमको अर्धशतकमा पाकिस्तानलाई १५३ रनको लक्ष्य फराकिलो बन्दै बुटवल मिलनचोकदेखि सुख्खानगर जाने बाटो रेमिट्यान्स ३० प्रतिशतले बढ्यो जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ १४ किलो सुन प्रकरण : छानबिनका लागि ६ सदस्यीय समिति गठन जसपाको ३ दिने लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण सकियो मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा : बैंक दर र नीतिगत दर घट्यो [पूर्णपाठ] नेपालले पाकिस्तानविरुद्ध पहिला ब्याटिङ गर्दै