१४ मंसिर २०८०, बिहीबार

Nov 30, 2023

काठमाडौँ । यही अक्टोबरमा तय भएको गैरआवायीय नेपाली संघ (एनआरएनए) को ११ औँ महाधिवेशन नजिकिएसँगै चुनावी सरगर्मी बढ्न थालेको छ । एनआरएनएका अभियन्ताहरु आफ्नो पक्षमा माहोल बनाउन विश्वभर प्रचारप्रसारदेखि उम्मेदवारी घोषणालाई तीव्र बनाएका छन् । 

Advertisement

चुनावको माहोलका बीच गैरआवासीय नेपाली संघका प्रवक्ता सोम सापकोटा भने संगठनलाई चुस्त र चलायमान बनाउनसमेत व्यस्त छन् । विश्वभरका गैरआवासीय नेपालीलाई एकताबद्ध गर्ने र संगठनसँग जोड्दै भाइचारालाई बलियो बनाउने कार्यमा उनी सक्रिय छन् । 

एनआरएनएभित्र मिलनसार, मृतुभाषी र अरु अभियन्ताहरुको विश्वास जित्न सफल सापकोटाको जनसम्पर्क निकै सशक्त रहेको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् । यतिबेला उम्मेदवारहर आफू जहाँ रहेका छन् त्यही स्थानबाट आफ्नो पक्षमा माहोल बनाउन डेलिगेट्सलाई सम्पर्क गर्नेदेखि प्रचार प्रसारमा व्यस्त छन् । सापकोटा गैरआवासीय नेपाली संघमा तथ्यमा जानकार र जनसम्पर्कमा अब्बल सदस्यका रुपमा मानिन्छन् । हरेक सदस्यसँग व्यक्तिगत सम्पर्क रहेका उनी मुद्दामा गम्भीर छलफल र निष्कर्ष निकाल्नका लागि माहिर मानिन्छन् । 

एनआरएनएको यही अक्टोबरमा हुने महाधिवेशनमा उपमहासचिव पदको उम्मेदवार समेत रहेका सापकोटा आफ्नो उम्मेदवारीको प्रचारमा मात्रै सीमित छैनन्, उनी समग्र एनआरएनएको सुदृढीकरण र एकताका समेत सक्रिय छन् । विश्वभरका एनआरएनए अभियन्तासँग निरन्तर सम्पर्कमा रहिरहने र उनीहरुलाई संस्थामा आबद्ध गराउन प्रेरित गर्ने उनको विदेशी संघसंस्था र राजनीतिककर्मीहरुसँग पनि राम्रो सम्बन्ध रहेको छ । विदेश बसाइको २८ वर्षको अवधिमा उनी आधा दर्जन हाराहारीको देशमा बसेर त्यहाँको वातावरणसँग भिजिसकेका छन् ।  

सन् १९९६ मा नेपालबाट अवसरको खोजीमा स्ट्जिरल्याण्ड पुगेका उनी त्यहाँ एक वर्ष बसेपछि जर्मनी बसाइँ सरे । त्यहाँ पनि दुई वर्ष बसेपछि छोटो समय हल्याण्डमा रहँदै पछि बेल्जियम पुगे । बेल्जियम हुँदै १९९९ को अप्रिलदेखि पोर्चुगलमा बसाइ सरेका सापकोटा जहाँ पुगे त्यहा पुगेर नेपाल र नेपाली समूदायको पक्षमा खुलेर लागिपरे ।  रोचक त के छ भने उनी पोर्चुगलमा १३औँ नम्बरको नेपालीको रुपमा त्यहाँ पुगेका थिए । जहाँ अहिले ७० हजारको हाराहारीमा नेपाली रहेको अनुमान गरिएको छ ।  त्यहाँ पुगेसँगै सामाजिक गतिविधिमा व्यस्त उनले पोर्चुगल नेपाल फ्रेण्डसिप एसोसिएसन गठन गरेर नेपाल र पोर्चुगललाई जोड्ने काम गरे । यसैगरी गैरआवासीय नेपाली संघ, जनसम्पर्क समिति, नेपाली समाज पोर्चुगल लगायतमा उनी सक्रियताका साथ लागिपरे भने त्यहाँ आफ्नो छुट्टै पहिचान बनाउन सफल भए ।

त्यसपछि २००९ मा डेनमार्क पुगेका उनले एनआरएनए डेनमार्कलाई जन्माउँदै अध्यक्ष बने भने त्यहाँ पनि बिर्सनै नसकिने केही काम गर्न सफल गरे । त्यसमध्ये एउटा कोप १५ मा सक्रियतासाथ नेपाललाई विश्वसामू चिनाउन नेतृत्वदायी भूमिका खेलेका थिए, सापकोटाले । सो क्रममा उनले नेपाल पर्यटन बोर्डको जनप्रतिनिधि भएर नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेका थिए । 

डेनमार्कमा ७ वर्ष बिताएका उनले सोही समयमा जहाँ नेपाली त्यहाँ गैरआवासीय नेपाली संघ भन्ने नाराका साथ स्वीडेन र चेकरिपब्लिकमा राष्ट्रिय समन्वय समिति गठन गरेका थिए । यस्तै थप अवसर र पारिवारिक दायित्व पुरा गर्ने क्रममा २०१७ मा बेलायत पुगे । बेलायतका साथसाथै व्यवसायको सिलसिलामा २०२० मा माल्टा पुगेका उनले आफ्नै सक्रियतामा एनआरएनएको राष्ट्रिय समन्वय समिति बनाए । 

सोही क्रममा माल्टा र नेपाललाई जोड्नका लागि माल्टा नेपाल चेम्बर अफ कमर्स गठन गरेर दुई देशबीचको व्यापारलाई जोड्नका लागि समन्वयकारी भूमिका खेलेका थिए । यस्तै माल्टा नेपाल फ्रेण्डसिप एसोसिएसन गठन गरेर समग्र देशलाई नै जोड्ने काम गरेबापत उनलाई नेपाल पर्यटन बोर्डले माल्टाको मानार्थ जनप्रतिनिधि नै चयन गरेको थियो । छोटो समय माल्टा बसाइका क्रममा उनले नेपाल र माल्टाको सम्बन्ध सुधारमा सकारात्मक भूमिका खेल्दै भिजिट नेपाल २०२० का लागि विभिन्न कार्यक्रमहरु आयोजना गरेका थिए ।

पछिल्लो समय बेलायतलाई कर्मभूमि बनाएर विश्वभर आफ्नो जनसम्पर्क बढाउन सफल सापकोटा २०२२ मा मन्त्रिपरिषद्को निर्णयअनुसार वेल्सका लागि नेपालको टुरिजम सद्भावना राजदूत नियुक्त भएका थिए । २८ वर्षे प्रवास बसाइमा उनी जहाँ जहाँ पुगे सो देशका स्थानीय सरकार, मिडिया, गैरआवासीय नेपाली, सामाजिक संघसंस्था, एनजीओ तथा आईएनजीओ, उद्योगीलगायतसँग समन्वय गर्दै नेपालसँग निरन्तर जोडिने प्रयास गरिरहे । यतिमात्रै होइन उनले भारतमा रहेको करिब ५० लाख नेपाली समूदायलाई समेत कुनै न कुनै माध्यमबाट एनआरएनएमा जोड्नुपर्छ भन्ने उद्देश्यसहित पहलकदमी लिँदै आएका छन् । 

यस्तै विश्वका विभिन्न देशभा रहेका गैरनेपाली तर नेपालीभाषीहरुलाई समेत कहीँ न कहीँ नेपालसँग जोड्ने र दोस्रो पुस्तालाई फ्री भिसामार्फत अध्ययन तथा अवसरका लागि नेपाल ल्याउनपर्छ भन्ने मान्यता उनको रहिआएको छ । त्यसका लागि प्रययत्नशील रहेका सापकोटा कुनै पनि किसिमले नेपालीलाई हित हुने गरी अभियान सञ्चालन हुनुपर्ने धारणा राख्छन् । 

गोरखा सैनिकका साथै सिंगापुर पुलिसमा रहेका नेपालीलाई पनि एनआरएनएले कुनै न कुनै ढंगले जोड्नुपर्ने उनको धारणा छ । उनी भन्छन्, ‘जुन प्रक्रियाबाट अवसरको खोजीमा विश्वसका जुनसुकै देशमा पुगेपनि नेपाली मूलका नेपालीभाषीहरुलाई कुनै न कुनै प्रक्रियाबाट जोडिरहनुपर्छ भन्ने मेरो धारणा छ ।’ उनले अगाडि भने, ‘उनीहरुको समस्या गैरआवासीय नेपालीले समाधान गर्न पहलकदमी लिनुपर्छ । साथसाथै उनीहरुबीचमा रहेको भावना, पुँजी र सिप देश विकासमा लगानी गर्नुपर्छ ।’

नेपालमा राजनीतिक दल, दलका नेताका साथै सामाजिक संघसंस्था र कर्मचारी प्रशासनसम्मसमेत राम्रो सम्बन्ध बनाएका उनको जनसम्पर्ककै कारण नेपाल र विश्वभरका एनआरएनएमाझ खास पहिचान छ । जसअनुसार उनले माल्टा, डेनमार्क, बेलायतलगायत विभिन्न देशका दल र राजनीतिकर्मीहरुसँग निकट सम्बन्ध राख्दै नेपालको विकासका लागि समन्वयकारी भूमिका निर्वाह गरेका छन् । 
 

प्रतिकृया दिनुहोस्

Flash News

भूकम्प प्रभावितलाई दोस्रो किस्ताको रकम दिन ढिलाइ गरिँदैन : गृहमन्त्री आम्दा अस्पतालमा सुत्केरी मृत्यु प्रकरण : ३ दिनदेखि शव अस्पतालको गेटमा बाग्लुङका कांग्रेसका क्षेत्रीय सभापति पक्राउ, आरोप- मापसे गरी प्रहरीमाथी कुटपिट एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले दावी नक्कली शरणार्थी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग रविको राजनीतिक प्रतिवेदन – प्रदेश भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्तीकेन्द्र बन्याे, विकल्प सोच्नुपर्छ आगो ताप्ने क्रममा जलेर मृत्यु विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ सुनको मूल्य स्थिर बढ्दै छ सामुदायिक विद्यालयप्रति आकर्षण इजरायल र हमासबीचको युद्धविराम थप १ दिन लम्ब्याइयो कोप–२८ मा भाग लिन प्रधानमन्त्री प्रचण्ड दुबईमा एमालेको मध्य पहाडी लोकमार्ग पद यात्रा सुरू (फाेटाेफिचर) चिनियाँ बालबालिकामा निमोनियाको प्रकोप ‘आउटब्रेक’, भारतमा महामारी रोक्न तयारी सुरू इजरायली जेलमा यौन दुर्व्यवहार हुने गरेको मुक्त कैदीहरुको दाबी प्रथम केपीओली कप टि २० : रोहित र सन्दीपको टिम भिड्दै दक्षिण एसियामै पहिलोपटक लमजुङमा समलिंगी विवाह दर्ता कोपको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री दुबई प्रस्थान नेकपा एमालेको मध्य पहाडी लोकमार्ग पदयात्रा आजबाट सुरु हुँँदै सुपर लिगः धनगढी र बुटबल लुम्बिनी भिड्दै