ताजा अपडेट »

युकेमा जनबादी गायक जीवन शर्माको एकल साङ्गेतिक साँझ हुने

सोमबार, १५ असोज २०८०, १० : ३२
83 Shares
सोमबार, १५ असोज २०८०
83 Shares

युके । गुल्मीको मुसिकोट नगरपालिका र मालिका गाउँपालिकाबाट युकेको वैदेशिक रोजगारमा पुगेकाहरुले त्यहाँ नौमती बाजा संरक्षण र प्रचारका लागि मालिका बाजा समूह गठन गरेका छ्न । सोही समूह र अन्य संघ संस्था मिलेर जनबादी गायक जीवन शर्मालाई युकेको सुन्दर नगरी स्कट्ल्याण्डको एडिम्वरा शहरमा निम्ताई उनको सम्मानार्थ भव्य सास्कृतिक कार्यक्रमको आयोजना गर्दै छ्न ।

अर्को हप्ताको सोमबार अर्थात अक्टोबर ९ तारिख्स्को साझ जीवन शर्मा एकल सास्कृतिक साझको आयोजना गरिएको हो । गैर आवासिय नेपाली संघ स्कट्ल्याण्ड राज्य समन्वय परिषद, नेपाल स्कट्ल्याण्ड एसोसिएसन, नेपाली फाइफ कम्युनिटी , नेपाल स्कट क्लव, ग्लास्गो नेपाली एसोसिएसन र मालिका नौमति बाजा समुहको संयुक्त यस्तो कार्यक्रमको आयोजना गरेको हो । समाजसेवी तथा स्कट क्लबका अध्यक्ष धन केसीको संयोजकवमा हुन लागेको कार्यक्रम उप्त दिन ;fFem ५ बज देखी राती १० बजेसम्म सन्चालन हुने केसिले जानकारी दिए ।

उनले कार्य्क्रम स्थल गुड कम्पेनियन्स2-4 ऑक्सगन्स बैंक एडिनबर्ग, ईएच13 9जेट मा सम्पन्न हुने बताए । एनआरएन युेकेका पूर्वसचिव तारानाथ भण्डारी भन्छ्न - नेपालको जन आन्दोलन र नेपाललाइ प्रजातान्त्रिक प्रणाणीमा विकसित गर्नुपर्छ र मजदुर किसान देखी थिचोमिचोमा परेका आम जनसमुदाय सक्रियताका साथ एकजुट भै अघि बढ्नुपर्छ भन्ने सन्देश पनि यस कार्यक्रमले छर्ने हामीले अपेक्षा लिएका छौ । जीवन शर्माका गीतहरुको प्रभावले कैयन युवाहरु जनयुद्धमा होमिए, कैयन अभियन्ताहरु प्रधानमन्त्री र मन्त्रीहरु बने,कतिले देशको परिवर्तनको लागी आफ्नो ज्यानको आहुती दिए त कैयन युवाहरु देशमा भएको धरपकड र जोखिम सहन नसकि बिदेशिन बाध्य भए ।

जीवन शर्माको जनबादी गितहरुले नेपालको परिवर्तनको आन्दोलनमा एउटा मिर्चाको भुमिका खेलेको र आम जनता प्रति सद्भाव छर्न समेत सफल भएकोले उहाँको योगदान स्वरुप उहाँलाई सम्मान समेत गन लागिएको भण्डारीको भनाई छ ।सम जीवन शर्माको स्कटल्याण्डमा हुने ऐतिहासिक कार्यक्रममा सहभागी हुन कार्यक्रम संयोजक केसिले सबैसंग अनुरोध गरेका छ्न । त्यस क्रममा गायक शर्माले पारिबारिक भेटघाट समेत गर्ने बताईएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।