१८ मंसिर २०८०, सोमबार

Dec 4, 2023

बहराइन । गैरआवासीय नेपाली संघ (एनआरएन) का अध्यक्षका उम्मेदवार राजेन्द्रकुमार शर्माले मध्यपूर्व सधैँ एनआरएनए चुनावमा भोट बैंक मात्र नभएको बताएका छन् । नेपाली जनसम्पर्क समिति बहराइनले आयोजना गरेको कार्यक्रममा शर्माले गैरआवासीय अभियानमा मध्यपूर्व भन्दा बाहिर बस्ने अभियन्तालाई मध्यपूर्वले सधैँ अरूलाई दिएको यो पटक अरू क्षेत्रमा बस्ने अभियन्ताले मध्य पुर्बलाइ दिने समय आएको स्मरण गराए । 

Advertisement

“मध्यपूर्वलाई सबै चुनाव नभएको बेला पनि सम्झन म सम्मानित सबै एनआरएनका साथीहरूलाई अनुरोध गर्दछु,” शर्माले भने, “मध्यपूर्वले सबै अरूलाई सहयोग गरेको छ, यो पटक अरुले मध्यपूर्वलाई सहयोग गरेर गुन तिर्ने बेला आएको छ ।”

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री भिष्मराज आङ्दम्बे सहभागी भएको कार्यक्रममा अध्यक्षका प्रत्यासी शर्माले आफू स्पष्ट योजना मध्यपूर्व सहित विश्वमा श्रम गर्नेलाई उकास्ने योजना सहित अध्यक्ष प्रत्यासी बनेर आएको भन्दै आफ्ना योजना सुनाएका थिए । 

“अर्थतन्त्र श्रमिकले पठाउने रेमिट्यान्सले चले पनि सधैँ रेमिट्यान्स आउने छैन,” शर्माले भने, “श्रमिकको आर्थिक हित उकास्ने गरेर उत्पादन मूलक क्षेत्रमा रेमिट्यान्स रकम लगाउन प्राधिकरण गठन गर्ने योजना सहित म आएको छु।”

उनले नेपालका राजनीतिक दल र एनआरएनएबीच रगत र मुटुको जस्तो सम्बन्ध रहेको जनाउँदै यो स्वच्स्छ हुनुपर्ने बताए । एनआरएनएका मुद्दालाई कार्यान्वयन गर्नको लागि राजनीतिक दलको सहयोग जरुरी रहेको भन्दै शर्माले राजनीतिक दलको हस्तक्षेप एनआरएनएमा हुन नहुने बताए । 

“आइसीसीको चुनावमा आफ्नो भातृ संगठनमा काम गरेको आधारमा चुनाव जिताउन राजनीतिक दल लाग्नु हुँदैन,” शर्माले भने, “म सबै राजनीतिक दललाई सम्मान गर्छु, एनआरएनका मुद्दा कार्यान्वयन गर्न सबै दलको सहयोग चाहिन्छ, हामीलाई हस्तक्षेप चाहिदैन।” आफू एनआरएनए सबैको साझा चौतारी बनोस् बनेर अभियानमा हिँडेको शर्माले सुनाएका छन् । 

साउदी र बहराइनको विभिन्न कार्यक्रममा भाग लिने तथा साउदी बहराइनमा भएका गैरआवासीय नेपाली तथा राजनीतिक तथा सामाजिक संस्थाका प्रतिनिधिसँग गैरआवासीय नेपाली अभियानलाई अगाडि बढाउन सल्लाह र सुझाव लिएका थिए । 

बुधबार कर्मभूमिबाट एनआरएनए अध्यक्षमा उम्मेदवारी घोषणा गरेका शर्मा शुक्रबार बहराइन आइपुगेका हुन् । साउदी हुँदै बहराइन आइपुगेका शर्मा विभिन्न कार्यक्रममा सहभागी हुने छन् । शनिबारदेखि भने शर्माको युरोप भ्रमणको तालिका रहेको छ । 

बहराइनबाट शर्माको युरोपको चेक रिपब्लिक पुग्ने तालिका रहेको छ । चेकमा हुँदा शर्माले त्यहाँ बस्ने गैरआवासीय नेपाली तथा अभियन्तासँग छलफल गर्ने छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

व्यवस्था उल्टाएर दलित समुदायको अधिकार कुण्ठिन गर्न खोजिँदै छ : माओवादी नेता बराल पाल्पाको तिनाउ मावीको हीरक महाेत्सवका अवसरमा विभिन्न प्रतियाेगिता भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थलमा उडानलाई नियमित गराउन काठमाडौंमा दबाब नेप्से घट्ने क्रम जारी बुटवलका ४१ विद्यार्थीहरुलाई ईन्द्रज्योती विश्वकर्मा कल्याणले दियो छात्रवृत्ति हुम्ला, मुस्ताङ र कालीकोटमा हिमपात : जनजीवन कष्टकर तेलंगानामा दुर्घटनाग्रस्त भारतीय वायुसेनाको ट्रेनर विमानका चालक दलका दुवै सदस्यको मृत्यु कांग्रेस लुम्बिनी प्रदेशको निर्णयः निर्वाचन पूर्व कुनै पनि गठबन्धन नगर्ने कोप–२८ : चर्चा हिमालका मुद्दाको, नेतृत्व नेपालको दुबई–नेपाल हुँदै दिल्ली पुगेर बेचिएकी उज्बेक युवती अफरोजाको दर्दनाक कथा गठबन्धन : सबैभन्दा ठूलो दल जटायु रेष्टुराँ सञ्चालनले बढ्यो गिद्धको सङ्ख्या एनआईसी एशियामा अब सम्पूर्ण प्रकारका कर्जाको अधिकतम प्रिमियम दर ३ प्रतिशत लुम्बिनी प्रादेशिक अस्पतालमा मधुमेहका बिरामीका लागि छुट्टै क्लिनिक एमालेको संकल्प यात्रा : आज सुर्खेतमा आमसभा हुँदै नेकपा एसको सचिवालय बैठक बस्दै एनएसएल : आज झापा र काठमाडौं भिड्दै उपप्रधानमन्त्री खड्का घाना प्रस्थान कांग्रेस लुम्बिनीको प्रदेश सम्मेलन : संघिय व्यवस्था अनुसार तहगत संरचनालाई पूर्ण रुपमा जिम्मेवारी प्रदान गर्न माग मङ्सिर २० केपि ओलि गुल्मीको वामिटक्सार आउने