१४ मंसिर २०८०, बिहीबार

Nov 30, 2023

कराँची । पाकिस्तानको मस्तुङमा भएको विस्फोटमा कम्तीमा ५० जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । पाकिस्तानमा आत्मघाती आक्रमणमा परी कम्तीमा ५० जनाको मृत्यु भएको र ५० भन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ ।

Advertisement

बलुचिस्तानको दक्षिणपश्चिमी प्रान्तको एक मस्जिद नजिकै शुक्रबार पैगम्बर मुहम्मदको जन्मोत्सव मनाउन जम्मा भएका मानिसहरूको भिडमा विस्फोट भएको हो । विस्फोटपछि बलुचिस्तानका अधिकारीहरूले संकटकाल घोषणा गरेका छन्। आक्रमणको जिम्मेवारी कुनै समूहले लिएको छैन ।

बलुचिस्तान सहर मस्तुङको घटनास्थलको फुटेजमा आपतकालीन उद्धारकर्ता र स्थानीयले घाइतेहरूलाई उद्धार गरिरहेको देखाइएको छ। बलुचिस्तानका प्रहरी प्रमुख अब्दुल खालिक शेखले विस्फोट आत्मघाती विस्फोट भएको पुष्टि गरेका छन् । उनले आक्रमणकारीलाई रोक्न खोज्दा एक वरिष्ठ प्रहरी अधिकारीको मृत्यु भएको बताए ।

यसैबीच, खैबर पख्तुनख्वा प्रान्तको पेशावर शहर नजिकैको मस्जिदमा छुट्टै विस्फोट भएको छ । पेशावर नजिकैको हांगुमा रहेको मस्जिदमा मृत्यु हुनेको संख्या नखुले पनि मानिसहरु भग्नावशेषमा फसेको प्रहरीले जनाएको छ ।हांगुको मस्जिद ४० देखि ५० जनासम्मको क्षमता भएको प्रहरीले जनाएको छ । 

पाकिस्तानका आन्तरिक मन्त्री सरफराज बुग्तीले बलुचिस्तान र हांगुमा भएको आक्रमणलाई आतंकवादी हमला भन्दै निन्दा गरेका छन् । 

अफगानिस्तान र इरानसँग सीमा जोडिएको बलुचिस्तान पाकिस्तानको सबैभन्दा ठूलो प्रान्त हो । यहाँ बारम्बार तेहरिक–ए तालिबान पाकिस्तान वा पाकिस्तानी तालिबान र इस्लामिक स्टेट समूह लगायत सशस्त्र लडाकूहरूले आक्रमण गरेको छ ।

यद्यपि टीटीपीले शुक्रबारको विष्फोटमा संलग्नता अस्वीकार गरेको छ र एक विज्ञप्तिमा यस्तो आक्रमण आफ्नो नीतिको विरुद्ध भएको बताएको छ ।यस महिनाको सुरुमा सोही जिल्लामा एक प्रमुख मुस्लिम नेतासहित कम्तीमा ११ जना घाइते भएका थिए।

जुलाईमा, उत्तर–पश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा धार्मिक राजनीतिक दलको भेलामा आत्मघाती बम विष्फोटमा ४० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो।
 

प्रतिकृया दिनुहोस्

Flash News

लुम्बिनीमा छाडा चौपायाको व्यवस्थापन गर्न कोष र नगरपालिकाविच सहकार्य बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ : प्रदेश प्रमुख शेरचन हरियाली प्रबर्द्धनमा नमस्ते एकेडेमी भूकम्प प्रभावितलाई दोस्रो किस्ताको रकम दिन ढिलाइ गरिँदैन : गृहमन्त्री आम्दा अस्पतालमा सुत्केरी मृत्यु प्रकरण : ३ दिनदेखि शव अस्पतालको गेटमा बाग्लुङका कांग्रेसका क्षेत्रीय सभापति पक्राउ, आरोप- मापसे गरी प्रहरीमाथी कुटपिट एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले दावी नक्कली शरणार्थी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग रविको राजनीतिक प्रतिवेदन – प्रदेश भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्तीकेन्द्र बन्याे, विकल्प सोच्नुपर्छ आगो ताप्ने क्रममा जलेर मृत्यु विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ सुनको मूल्य स्थिर बढ्दै छ सामुदायिक विद्यालयप्रति आकर्षण इजरायल र हमासबीचको युद्धविराम थप १ दिन लम्ब्याइयो कोप–२८ मा भाग लिन प्रधानमन्त्री प्रचण्ड दुबईमा एमालेको मध्य पहाडी लोकमार्ग पद यात्रा सुरू (फाेटाेफिचर) चिनियाँ बालबालिकामा निमोनियाको प्रकोप ‘आउटब्रेक’, भारतमा महामारी रोक्न तयारी सुरू इजरायली जेलमा यौन दुर्व्यवहार हुने गरेको मुक्त कैदीहरुको दाबी प्रथम केपीओली कप टि २० : रोहित र सन्दीपको टिम भिड्दै दक्षिण एसियामै पहिलोपटक लमजुङमा समलिंगी विवाह दर्ता