१४ मंसिर २०८०, बिहीबार

Nov 30, 2023

बुटवल । बुटवल–१० रामनगरस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले विश्व मुटु दिवस–२०२३ को अवसरमा बिहीबार अन्तरक्रिया गरेको छ । कार्यक्रममा अस्पतालका निर्देशक वरिष्ठ मुटुरोग विशेषज्ञ डा.समिर गौतमले पछिल्लो समय मुटुरोगको अवस्था, मुटुरोगीले ध्यान दिनुपर्ने कुरा र यसबाट जोगिन सर्वसाधारणले अपनाउनुपर्ने सावधानी बारे चर्चा गरेका थिए । सबै उमेर समूहका व्यक्तीहरुमा मुटुरोग देखिने भएकाले स्वयम् व्यक्ती आफै सचेत हुनुपर्नेमा जोड दिँदै उनले महिलामा भन्दा पुरुषमा मुटुरोगको समस्या धेरै देखिने गरेको बताए ।

Advertisement

उच्च रक्तचाप र मधुमेहको नियन्त्रण, शारीरिक अभ्यास, तनाव कम गर्ने, मोटोपन कम गर्ने तथा धूम्रपान, मद्यपान नियन्त्रण गरी मुटु रोगबाट हुने अकाल मृत्युबाट बच्न सकिने डा.गौतमले बताए । नेपालमा पनि युवा अवस्थामै मुटु रोग देखा पर्नेक्रम बढेकाले यसबाट हुने हृदयघात, पक्षघात तथा मृगौला खराब हुनबाट जोगिनका लागि दैनिक ३० मिनेटदेखि १ घण्टासम्म हिँडडुल गर्ने, हरियो सागपात, फलफुल खाने, धुवाँधुलोबाट जोगिन र धूमपान, मद्यपान प्रयोग नगर्न उनले आग्रह गरे । ‘हाम्रो समाजलाई धूमपानमुक्त बनाउने हो भने ८० प्रतिशत रोग निको हुन्छन् ।’, डा. गौतमले भने ।

अस्पतालका निर्देशक डा. गौतमले हृदयघातका बारेमा व्यापक जनचेतना जगाउन आवश्यक रेहको बताए । हृदयघातको लक्षण देखिएपनि धेरैजसो बिरामीहरुले यसलाई सामान्य रुपमा लिएर अन्य उपचारमा लाग्दा अकालमा ज्यान गुमाउनु पर्ने उनले बताए । ‘हृदयघातको प्रमुख लक्षण छाति दुख्नु हो, यस्तो अवस्थामा छिटोभन्दा छिटो नजिकैको अस्पतालमा गएर चिकित्सकको सल्लाह लिनुपर्छ । यसो गर्दा हृदयघातबाट हुने मृत्यु कम गर्न सकिन्छ ।’, डा.गौतमले भने । सामान्य लक्षण देखिने बित्तिकै बिरामी अस्पतालमा आउने हो भने मुटुको धड्कन शुन्यमै झरेपनि बचाउन सकिने उनले बताए ।

कार्यक्रममा गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलमले २०७० सालमा स्थापना भएको अस्पतालले स्वास्थ्य क्षेत्रमा ठूलो फड्को मारेको बताए । अस्पतालमा ६ जना मुटुरोग विशेषज्ञ डाक्टरले सेवा दिइरहेको बताउँदै उनले काठमाडौं बाहिर यतिधेरै संख्यामा मुटुरोग विशेषज्ञ डाक्टर भएको पहिलो अस्पताल रहेको दाबी गरे । आगामी दिनमा अस्पतालको सेवालाई थप बिस्तार गर्दै गुणस्तरीय सेवा दिने प्रतिबद्धता जनाए । अस्पतालको हालको भवनबाट सेवा प्रवाहमा समस्या भएको बताउँदै अध्यक्ष आलमले नयाँ भवन निर्माणका लागि तिलोत्तमामा जग्गा प्राप्तीका लागि आग्रह गरेपनि हालसम्म जग्गा प्राप्त गर्न नसकेको बताए ।

सामुदायिक अस्पताल भएकाले नाफा कमाउने भन्दापनि बिरामीलाई सहज र गुणस्तरीय सेवालाई प्राथमिकतामा राखेको उनले बताए । प्रदेशमा सबैभन्दा धेरै मृगौलाका बिरामीहरुले मुटु अस्पतालमै डायलाइसिस गर्ने गरेको बताउँदै ४७० जनाले डायलाइसिस गराइरहेको अध्यक्ष आलमले जानकारी दिए । अस्पतालको विकासका लागि सबैको साथ र सहयोग आबश्यक पर्ने बताउँदै अध्यक्ष आलमले प्रदेश सरकारले उपलब्ध गराउने अनुदान एक पटक पाएपनि त्यसपछि पाउन नसकेको गुनासो गरे ।

त्यस्तै, लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष पाण्डेयले राष्ट्र निर्माणका लागि सबै दल र नागरिक एक भएर अघि बढ्नुपर्ने बताए । देशमा राजनीतिक अस्थीरता हुँदा विकास निमार्णका काममा समस्या देखिएको उनको भनाई थियो । प्रदेश सरकारले अस्पताललाई दिने अनुदान रकम तत्काल उपलबध गराउन आफुले पहल गर्ने गृहमन्त्री पाण्डेयले बताए । साथै उनले तिलोत्तमामा अस्पतालको नयाँ भवन निर्माणका लागि जग्गा उपलब्ध गराउन पनि पहल गर्ने प्रतिबद्धता जनाए । गृहमन्त्री पाण्डेयले मुटु अस्पताललाई थप व्यवस्थीत गरि सञ्चालन गर्नका लागि प्रदेश सरकारले आबश्यक सहयोग गर्ने बताए ।

त्यसैगरी, लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्यमन्त्री तथा लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले मुटु असपताललाई प्रदेशको गौरवको आयोजनाका रुपमा अघि बढाउनुपर्ने बताए । देशका अनाबश्यक कानुनले गर्दा सुरु भएका आयोजनाहरु समयमा सम्पन्न हुन नसकेको उनले बताए । बुटवल–नारायणगढ सडकको उदाहरण दिँदै उनले कानुन परिमार्जन गरेर भएपनि ठूला आयोजनाहरु समयमै सम्पन्न गर्र्नुपर्ने पूर्व स्वास्थ्यमन्त्री पन्थीले बताए । मुटु अस्पतालको नयाँ भवन निर्माणका लागि जग्गा प्राप्त गर्न लामो समयदेखि प्रयास गरिरहेको उनले बताए ।

लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष अजयमान श्रेष्ठले प्रदेश सरकारले अस्पतालको सेवा सुधारमा ध्यान दिनुपर्ने बताए । मुटु रोग र मृगौला डायलाइसिसका बिरामीहरुको उपचारका लागि मुटु अस्पतालसँग सहकार्य गरी अघि बढ्न चाहेको उनले बताए । रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेलले तत्कालिन समयमा रुपन्देही उद्योग संघको परिकल्पना अनुसार सुरु भएको अस्पतालको सेवा अहिले बिस्तार भएको बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

वडाध्याक्षकै अगुवाइमा बाटो अवरुद्ध रास्वपाका सबै सांसद केन्द्रीय सदस्य एनसेलबाट बाहिरिने आजियाटा ग्रुपको घोषणा नागरिक केन्द्रीत राज्य व्यवस्था स्थापनाको लागि भन्दै ‘नागरिक पहिलो’ अभियानको घोषणा पाल्पाका २२ वर्षीय सन्तोष सम्पर्कविहीन, खोजि गरिदिन परिवारको आग्रह आम्दा अस्पतालमा सुत्केरी मृत्यु : ‘अस्पतालले हतारमा शव जिम्मा लगाएर उम्किन खोज्नुको कारण के थियो ?’ प्रेमिकाको बिहेमा नाच्ने अवसर! टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन निर्देशन भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास बनाउन सुरक्षाकर्मी खटाइने राष्ट्रियसभा निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ? म्याद गुज्रेको खाद्य सामग्री बिक्री त्रिविको इञ्जिनियरिङमा आवेदन दिने बढे, प्रवेश परीक्षा दिने घटे बुटवलको आम्दा अस्पतालमा सुरक्षा व्यवस्था कडा, सर्वसाधारणलाई प्रवेश निषेध सुत्केरीको मृत्यु भएपछि आम्दा अस्पतालका मेसु बस्यालमाथि कुटपिट केपी ओली कप क्रिकेट : सेमिफाइनल समीकरण पूरा, विहिबार फाइनल प्रवेशका लागि प्रतिस्पर्धा प्रधानमन्त्री प्रचण्ड आज यूएई जाने अस्टिनवासी समुदायसँग नेजाद्वारा अन्तरक्रिया प्रदीप खड्का ‘ऐरी’ बाट बलिउडमा प्रवेश गर्दै बिल नभएको सुन जस्तो देखिने धातुसहित एकजना पक्राउ