२३ मंसिर २०८०, शनिबार

Dec 9, 2023

बुटवल । शाहसी कदम नेपालको आयोजानमा बुटवलमा मिस डायमण्ड नेपाल २०२३ हुने भएको छ । चौथो संस्करणको रुपमा आयोजना हुन लागेको यो प्रतियोगीतामा देशभरबाट यौनिक तथा लैगिङ्ग अल्पसंख्य समुदायबाट ११ जनाले अन्तीम प्रतिष्पर्धा गर्ने भएका हुन ।

Advertisement

शाहसी कदम नेपालका अध्यक्ष तथा अभियान्ता आनिक राना मगरका अनुसार यहि असोज १५ गते अन्तिम फाईनल प्रतियोगीता हुने छ । जसको तयारी स्वरुम कुल २१ जना आवेदकबाट छानिएका ११ जनालाई अहिले क्लोज क्याम्पमा राखेर प्रतिष्पर्धा गराईरहेको छ । सन् २०१६, २०२१, २०२२ मा गरी तिन पटकसम्म मिस डायमण्ड प्रतियोगीता सफलतापूर्वक सम्पन्न गरी पुनः यो सौन्दर्यसम्बन्धी प्रतियोगीता आयोजना गर्न लागिएको मिस डायमण्ड २०१६ का विजेता तथा म्यानेजिङ्ग डाईरक्टर रेशम न्यौपानेले जानकारी दिए । उनका अनुसार क्लोज क्यापमा छानिएका ११ जनालाई विभिन्न ६ वटा विधामा तालिम प्रदान गरी अन्तिम प्रतिष्पर्धामा उत्कृष्टलाई नगद पुरस्करसहित क्राउन समेत प्रदान गरिने छ ।

सन् २०१६ मा आयोजना गरिएको मिस डायमण्डको उपाधी रेशम न्यौपाने(रेस्मा डार्लिङ्ग)ले जितेका थिए भने सन् २०२१ को सरोजी न्यौपाने, २०२२ को प्रनेशा थापाले उपाधी जितेका थिए । प्रतियोगीतको तिलोत्तमा नरपालिका, बुटवल उपमहानरपालिका सहित अन्य सहयोगी दाताहरुले सहयोग गरेका छन् । भने मुख्य प्रायोजन लांघाली ब्युटी पार्लरको रहेको छ । विजेताले २० हजार, १५ हजार, ५, ५ हजार नगद सहित विभिन्न विधामा उपाधी प्राप्त गर्ने छन् ।

शाहसी कदम नेपालका अध्यक्ष आनिक रानाका अनुसार ‘सिंगल बट स्ट्रोङ्ग’ भन्ने नाराका साथ यो प्रतियोगीता गरिएको हो । यौनिक तथा लैंगीङ्गक अल्पसंख्यकहरुको सामाजिक पहिचान स्थापना गर्ने उदेश्यका साथ आगामी दिनमा पनि प्रतियोगीता आयोजना गरिने उनले जानकारी दिई । बुधबार आयोजना गरिएको कन्टेष्ट रिलिज तथा अफिलीयल प्रेस मिट कार्यक्रममा अग्रज गायिक देवीका बन्धनाले प्रतियोगीहरुलाई सफलताको शुभकामना समेत दिएकी थिईन ।

प्रतिकृया दिनुहोस्

Flash News

नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमाद्वारा रक्तदान गुल्मीमा पत्रकार आचारसंहिता कार्यन्वयनको अवस्था बारे छलफल मोदी फेरी पनि विश्वको लोकप्रिय नेतामा नम्बर १ मा, अमेरिकी राष्ट्रपतिलाइ ३७% मात्रै मत एभरेष्ट अन्तर विद्यालय वादविवादको उपाधि कालिका मानवज्ञानकी करिनालाई तिनाउमा सहकारी समन्वय समिति गठन नेपालगञ्जमा भ्रष्टाचार विरुद्ध ‘वाकाथन’ गुल्मीमा परिवारबाट अपहेलित ८४ वर्षीया वृद्धा : घर पस्न नपाएपछि सार्वजनिक ठाउँमा श्रीमानको काजक्रिया नेपालको वर्तमान आर्थिक अवस्था जुम्लामा जाडोले जनजीवन प्रभावित मिशन चौरासीको मार्गचित्र तिलोत्तमाको नमस्ते एकेडेमीबाट श्रीलङ्कामा सम्पन्न कराँते प्रतियोगिताका पदक विजेतालाई सम्मान गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णसञ्चालनको माग गर्दै आन्दोलन सुरुः प्रदेशका गृहमन्त्रीको साथ  उत्तमको अर्धशतकमा पाकिस्तानलाई १५३ रनको लक्ष्य फराकिलो बन्दै बुटवल मिलनचोकदेखि सुख्खानगर जाने बाटो रेमिट्यान्स ३० प्रतिशतले बढ्यो जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ १४ किलो सुन प्रकरण : छानबिनका लागि ६ सदस्यीय समिति गठन जसपाको ३ दिने लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण सकियो मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा : बैंक दर र नीतिगत दर घट्यो [पूर्णपाठ] नेपालले पाकिस्तानविरुद्ध पहिला ब्याटिङ गर्दै