१४ मंसिर २०८०, बिहीबार

Nov 30, 2023

बुटवल । यही असोज २६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘परदेशी २’ को टाइटल सङ बुधबार तिलोत्तमाको नमस्ते एकेडेमीमा औपचारिक विमोचन गरिएको छ । फिल्म प्रमोशनका लागि देश दौडाहमा रहेको युनिटले नमस्ते एकेडेमीका विद्यार्थीसँगै म्युजिक भिडियो हेरेर गीतको आधिकारिक विमोचन भएको घोषणा गरेको हो ।

Advertisement

फिल्ममा समावेश गरिएको नेपाली झ्याउरे भाकाको ‘परदेशी छुकछुकै रेलैमा’ बोलको गीत म्युजिक नेपालको यूटुभवबाट सार्वजनिक गरिएको छ । फिल्मका निर्देशक नारायण रायमाझीकोसँगै तेजेन्द्र गुरुङ, टिका पुन, देवी घर्ती र ममता गुरुङ लगायतको स्वर रहेको म्युजिक भिडियो पाल्पा तथा बुटवलमा छायांकन गरिएको छ । केही भागहरु काठमाडौंमा समेत छायांकन गरिएको निर्देशक रायमाझीले जानकारी दिए ।

फिल्म निर्देशक नारायण रायमाझी, अभिनेता प्रकाश सपूत, अभिनेत्री केकी अधिकारीसहित प्रमोशनमा हास्य कलाकार अर्जुन काफ्ले र विभिन्न रियालिटी शोका विजेता कलाकारहरुले विद्यालयमा आफ्ना प्रस्तुतीहरु दिएका थिए । फिल्म युनिटलाई एकेडेमीका संस्थापक प्राचार्य राजेन्द्र कुंवर, प्रिन्सिपल जिग्मे शेर्पा लगायतले स्वागत गरेका थिए । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रिय सदस्य तथा नमस्ते एकेडेमीका अध्यक्ष डिल्लीनारायण पाण्डेयले प्रदेश फिल्म युनिटलाई संयोजन गरी रुपन्देहीका विभिन्न कलेजहरुमा भेटघाट गराएका हुन् ।

फिल्म प्रदेशीमै आधारित रहेर कलाकारहरुले तयार पारेको ड्रामा शो प्रस्तुत गरिएको थियो । कलेज जीवन र परदेशी जीवनका भोगाईलाई गीत र नाट्यको माध्यमबाट प्रस्तुत गर्दा दर्शक दिर्घमा धेरैका आँखा रसाएका थिए । छमछमी सिजन–३ मा तृतीय तथा डान्सिङ वीथ स्टारमा दोस्रो बन्न सफल शेखर घर्ती, छमछमी सिजन ३ का फाइनालिस्ट तथा सुपर डान्सरको सेकेण्ड रनरअप रविता मगर, छमछमी सिजन–४ का सेमिफाइनालिष्ट पुष्प घिमिरे, छमछमी सिजन ४ को उपविजेता, मेरो डान्स यूनिभर्सको फाइनालिष्ट तथा वर्ल्ड डान्स लीग वीनर नेशन सुस्लिङ मगरसँगै थिएटर आर्टिस्टहरु सुजता बस्याल, विवेक खड्का, रारा ज्योती पोखरेल र निर्मल साउदले संयुक्त रुपमा कोरियोग्राम गरेको ड्रामा प्रस्तुत गरिएको थियो ।

राजेश वंशल ९अग्रवाल० र नारायण रायमाझीको निर्माण रहेको यो चलचित्रमा प्रकाश र केकीका साथमा वर्षा शिवाकोटी, प्रशान्त तामाङ्ग, दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, देवेन्द्र बब्लु, सुशील पोखरेल, सबिन बास्तोला, रोशनी कार्की लगायतको अभिनय छ । मानकृष्ण महर्जनको छायांकन, बि.बि. अनुरागी र नारायण रायमाझीको संगीत, रामजी लामिछाने र गोविन्द राईको कोरियोग्राफी, अष्ट महर्जनको द्वन्द, श्यामश्वेत रसाईलीको साउण्ड डिजाइन र मिक्सिङ रहेको चलचित्रलाई दीर्घ खड्काले सम्पादन गरेका हुन् ।

प्रतिकृया दिनुहोस्

Flash News

आम्दा अस्पतालमा सुत्केरी मृत्यु प्रकरण : ३ दिनदेखि शव अस्पतालको गेटमा बाग्लुङका कांग्रेसका क्षेत्रीय सभापति पक्राउ, आरोप- मापसे गरी प्रहरीमाथी कुटपिट एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले दावी नक्कली शरणार्थी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग रविको राजनीतिक प्रतिवेदन – प्रदेश भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्तीकेन्द्र बन्याे, विकल्प सोच्नुपर्छ आगो ताप्ने क्रममा जलेर मृत्यु विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ सुनको मूल्य स्थिर बढ्दै छ सामुदायिक विद्यालयप्रति आकर्षण इजरायल र हमासबीचको युद्धविराम थप १ दिन लम्ब्याइयो कोप–२८ मा भाग लिन प्रधानमन्त्री प्रचण्ड दुबईमा एमालेको मध्य पहाडी लोकमार्ग पद यात्रा सुरू (फाेटाेफिचर) चिनियाँ बालबालिकामा निमोनियाको प्रकोप ‘आउटब्रेक’, भारतमा महामारी रोक्न तयारी सुरू इजरायली जेलमा यौन दुर्व्यवहार हुने गरेको मुक्त कैदीहरुको दाबी प्रथम केपीओली कप टि २० : रोहित र सन्दीपको टिम भिड्दै दक्षिण एसियामै पहिलोपटक लमजुङमा समलिंगी विवाह दर्ता कोपको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री दुबई प्रस्थान नेकपा एमालेको मध्य पहाडी लोकमार्ग पदयात्रा आजबाट सुरु हुँँदै सुपर लिगः धनगढी र बुटबल लुम्बिनी भिड्दै वडाध्याक्षकै अगुवाइमा बाटो अवरुद्ध