ताजा अपडेट »

जुवा खेलिरहेको अवस्थामा १८ जना पक्राउ

बुधबार, १० असोज २०८०, १५ : १४
22 Shares
बुधबार, १० असोज २०८०
22 Shares

काठमाडौं । शंखरापुर नगरपालिका-२ लप्सीफेदी बस्ने ६५ वर्षीय मोहन गुरुङको टिनको टहरामा ओखर (जुवा) खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३६ वर्षीय रोहन गुरुङ समेत १८ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

विशेष सूचनाको आधारमा प्रहरी वृत्त बौद्ध र प्रहरी प्रभाग साखुँबाट खटिएको प्रहरीले उनीहरूलाई ९ वटा ओखर (जुवा), नगद ३७ हजार १ सय ५ रुपैयाँसहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।