ताजा अपडेट »

गाडीले ठक्कर दिँदा प्रहरी हवल्दारको मृत्यु

बुधबार, १० असोज २०८०, ११ : ५९
47 Shares
बुधबार, १० असोज २०८०
47 Shares

बैतडी । बैतडीमा गाडीको ठक्करबाट सशस्त्र प्रहरीका एक हवल्दारको मृत्यु भएको छ । दशरथचन्द राजमार्गअन्तर्गत हरिचन मोडमा बुधबार बिहान गाडीले ठक्कर दिँदा पाटन नगरपालिका–८ हरिचनका ४० वर्षीय नरेन्द्रसिंह महराको मृत्यु भएको हो । उनी बाजुरास्थित आश्रित गुल्ममा कार्यरत थिए । 

महरालाई ठक्कर दिने गाडीको पहिचान हुनसकेको छैन भने मृतकका आफन्तले दोषीमाथि कारबाहीको माग राखेर दशरथचन्द राजमार्ग अवरुद्ध पारेका छन् । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।