१४ मंसिर २०८०, बिहीबार

Nov 30, 2023

बुटवल । ४४ औं विश्व पर्यटन दिवसको पूर्व सन्ध्यामा बुटवल गोलपार्क स्थित दुर्गा मन्दिर परिसरमा मँगलबार सन्ध्याकालिन महाआरती सम्पन्न भएको छ । नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्टस् ९नाट्टा० लुम्बिनी प्रदेशलेको आयोजनामा आरती भएको हो ।

Advertisement

नेपालका प्रथक जगत गुरु ‘अनन्त श्री’ विभूषित मोहन शरण देवाचार्यले बुटवललाई धार्मिक पर्यटनको क्षेत्रमा विकास गर्न कार्यक्रमले सहयोग गर्ने उल्लेख गरे । प्राचिन तिलोत्तमा नदी (तिनाउ)ले यहाँको महत्वलाई बढाएको बताउँदै उनले धार्मिक तिर्थालु तथा भक्तजनलाई आकर्षित गर्नेगरी महाआरतीको कार्यक्रम आफैमा पुण्यको काम भएको उल्लेख गरे । यसैगरी बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयले बुटवललाई भौतिक, शैक्षिक, आर्थिक तथा पर्यटनसँगै धार्मिक रुपमाले पनि परिचित गराइँने बताए ।

‘धर्म संस्कृतिप्रति हाम्रो सम्मान पर्यटन प्रबर्द्धन हाम्रो अभियान’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै आयोजित सन्ध्याकालिन आरतिको अवसरमा बोल्दै बुटवल उपमहानगरकी उप प्रमुख सावित्रादेवी अर्याल, नाट्टा लुम्बिनीकी अध्यक्ष रचना पन्त लगायतले बुटवललाई अब पर्यटकीय हिसाले बिकास गर्नका लागि धार्मिक तिर्थहरुसँगको करिडोर निर्माणमा जोड दिए । नेपालका विभिन्न धार्मिक क्षेत्रहरुसँग जोडिएका स्थानहरुलाई बुटवलमा रहेका धार्मिक क्षेत्र र तिनको पहिचानसहित जोड्न सकेमा धार्मिक पर्यटन भित्राउन सकिने उल्लेख गरे ।

दुर्गा मन्दिरमा दैनिक अथवा साप्ताहिक आरती हुने हो भने छिमेकी उत्तर प्रदेशका धार्मिक पर्यटकलाई आकर्षिक गर्न सकिने विश्वास गरिएको छ । बुटवलमा धार्मिक तथा सास्कृतिक पर्यटनमा नयाँ आयाम थपिने र सन्चालनमा आएको लुम्बिनि केवल कार सन्चालनमा यसले विशेष भूमिका खेल्ने बताइएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

लुम्बिनीमा छाडा चौपायाको व्यवस्थापन गर्न कोष र नगरपालिकाविच सहकार्य बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ : प्रदेश प्रमुख शेरचन हरियाली प्रबर्द्धनमा नमस्ते एकेडेमी भूकम्प प्रभावितलाई दोस्रो किस्ताको रकम दिन ढिलाइ गरिँदैन : गृहमन्त्री आम्दा अस्पतालमा सुत्केरी मृत्यु प्रकरण : ३ दिनदेखि शव अस्पतालको गेटमा बाग्लुङका कांग्रेसका क्षेत्रीय सभापति पक्राउ, आरोप- मापसे गरी प्रहरीमाथी कुटपिट एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले दावी नक्कली शरणार्थी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग रविको राजनीतिक प्रतिवेदन – प्रदेश भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्तीकेन्द्र बन्याे, विकल्प सोच्नुपर्छ आगो ताप्ने क्रममा जलेर मृत्यु विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ सुनको मूल्य स्थिर बढ्दै छ सामुदायिक विद्यालयप्रति आकर्षण इजरायल र हमासबीचको युद्धविराम थप १ दिन लम्ब्याइयो कोप–२८ मा भाग लिन प्रधानमन्त्री प्रचण्ड दुबईमा एमालेको मध्य पहाडी लोकमार्ग पद यात्रा सुरू (फाेटाेफिचर) चिनियाँ बालबालिकामा निमोनियाको प्रकोप ‘आउटब्रेक’, भारतमा महामारी रोक्न तयारी सुरू इजरायली जेलमा यौन दुर्व्यवहार हुने गरेको मुक्त कैदीहरुको दाबी प्रथम केपीओली कप टि २० : रोहित र सन्दीपको टिम भिड्दै दक्षिण एसियामै पहिलोपटक लमजुङमा समलिंगी विवाह दर्ता