ताजा अपडेट »

युवती बलात्कार आरोपमा बालक पक्राउ

सोमबार, ०८ असोज २०८०, १६ : ३३
58 Shares
सोमबार, ०८ असोज २०८०
58 Shares

बझाङ। बझाङमा युवती बलात्कार आरोपमा एक बालक पक्राउ परेका छन् । छबिसपाथिभेरा गाउँपालिका बस्ने २८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा १३ वर्षीयलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शारीरिक रुपमा अशक्त युवतीलाई बलात्कार गरेर फरार भएका बालकलाई पुरानो घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो । 

युवतीमाथि बलात्कार भएको उनकी आमाले देखेपछि घटनाबारे थाहा भएको प्रहरीले जनाएको छ । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।