ताजा अपडेट »

पर्सामा ३२ किलो चरेससहित एक जना पक्राउ

सोमबार, ०८ असोज २०८०, १४ : २३
30 Shares
सोमबार, ०८ असोज २०८०
30 Shares

बुटवल । पर्सामा ३२ किलो चरेससहित एक जना पक्राउ परेका छन् । जिल्लाको जिराभवानी गाउँपालिका-१ गमहरियाबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ३२ केजीसहित ठोरी गाउँपालिका-४ विजयबस्ती बस्ने ३४ वर्षीय क्षेत्र बहादुर श्रेष्ठलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले ना.६१ प ९७०० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा सिटमा बाँधेर ल्याएको उक्त पदार्थसहित चालक श्रेष्ठलाई पक्राउ गरेको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।