ताजा अपडेट »

विषादीयुक्त केमिकलबाट स्थानीय बासीको स्वास्थ्यमा समस्या भएको भन्दै उद्योग बन्द गर्न माग

आइतबार, ०७ असोज २०८०, २२ : ०१
60 Shares
आइतबार, ०७ असोज २०८०
60 Shares

बुटवल । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ४ स्थित छिपागढमा सञ्चालित श्याम लेमिनेट्स प्रा.लि.बाट निस्केको विषादीयुक्त केमिकलबाट स्थानीय बासीको श्वासप्रश्वासमा समस्या देखिएको भन्दै उद्योग बन्द गर्न माग गर्दै स्थानीयले ज्ञापनपत्र बुझाएका छन् ।

उद्योगको धुँवा प्रदुषणले गाईवस्तु तथा सिंचाईमा प्रयोग हुने बघेला खोलाको पानी समेत प्रदुषित भएको हुँदा उक्त उद्योग बन्द गर्न माग गर्दै स्थानीयले रोहिणी गाउँपालिकाको कार्यालयसहित विभिन्न निकायलाई ज्ञापनपत्र बुझाएका हुन् ।

यसअघि पनि उद्योगसम्बन्धी उजुरी समेतमा कारवाही नभएको तथा सुधार नभएकोले समस्या समाधान र आवश्यक कारवाहीका लागि ज्ञापनपत्रमार्फत माग गरिएको नेकपा (एमाले) रुपन्देही जिल्ला कमिटी सदस्य समेत रहेका स्थानीय प्रदिप कुमार पाण्डेले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।