२३ मंसिर २०८०, शनिबार

Dec 9, 2023

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालले सेवा विस्तारसँगै बालबालिका तथा महिला प्रसुतीका लागि छुट्टै काउन्टर सञ्चालनमा ल्याएको छ । अस्पतालमा आईतबार एक कार्यक्रमका बीच लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले काउन्टरको शुभारम्भ गरे ।

Advertisement

विस्तारित स्वास्थ्य सेवामा न्यूरो एच.डी.यु (नयाँ भवनमा), एनआइसियु (बेड विस्तार), एसएनसियु सेवा थप गरिएको छ । अस्पतालले यसअघिनै ल्याब रिपोर्ट एस.एम.एस सेवा पनि थप गरि सञ्चालन गर्दै आएको छ । स्वास्थ्य मन्त्री खनालले प्रदेशको गहँनाको रूपमा रहेको अस्पतालका लागि मन्त्रालयले बजेटमा विशेष प्रथमिकतामा राखेको बताए । उनले जनताको विश्वास जितेर विशेषज्ञ सेवा प्रदान गर्न चिकित्सकहरुलाई सुझाव दिए ।
अस्पताललाई तत्काल नभई नहुने जनशक्ति, उपकरण, भौतिक पूर्वाधारको बारे लिखित जानकारी गराउन निर्देशन दिँदै मन्त्री खनालले कम्तिमा मासिक रूपमा समस्याका बारेमा छलफल गरि समाधान गर्ने प्रयत्न गर्नुपर्नेमा पनि जोड दिए ।

लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डाक्टर जनार्दन पन्थीले विवाद नआउने गरि पारदर्शी तरिकाले प्रशासन चलाउन र उपचार सेवा थप प्रभावकारी बनाउन निर्देशन दिए । अस्पतालका अध्यक्ष अजयमान श्रेष्ठले सीमित जनशक्तिले धेरै काम गर्नु पर्ने भएको गुनासो गर्दै प्रदेश सरकारको ध्यानाकर्षण गराए । सरकारको अस्पताल सञ्चालन सम्बन्धी कार्यविधिमाथि टिप्पणी गर्दै श्रेष्ठले ५ सय सैय्याको अस्पतालका लागि १६ सय जनशक्ति आवश्यक पर्नेमा ७ सय सैय्याको लुम्बिनी प्रादेशिक अस्पतालमा ७ सय जनशक्तिले काम चलाउनु परेको गुनासो गरे । यसैगरी २ सय सैय्या क्षमताको अस्पताललाई प्रदेश सरकारले नियमन गर्ने भनिए पनि पाँचसय सैय्याको क्षमताभन्दा माथिका अस्पताललाई प्रदेश सरकारले हेर्नू परेको भन्दै त्यसको व्यवस्थापन बारे छलफल चलाउन आवश्यक रहेको बताए ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. सुर्दशन थापा क्षेत्रीले सेवा बिस्तारसँगै लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार गर्न आउने बिरामीको लागि सहज भएको बताए । उनले अब केही समयमै क्याथ ल्याव संञ्चालनको तयारी भैरहेको बताए । डा. थापाले अस्पतालमा पिआईसीयु प्रसूति सेवा, बर्थिड सेन्टर, निसन्तान किल्निक सेवा सुरु भएपछि आएका बिरामीलाई वाहिर रिफर गर्नु पर्ने समस्या अन्त्य भएको बताए ।

बुटबल उपमहानगरपालिका मेयर खेलराज पाण्डेयले अस्पतालको बिकास र सेवाको लागि सबैको ध्यान जान जरुरी रहेको बताए । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अस्पतालको सेवा बिस्तारसँगै अस्पतालमा आउने बिरामीलाई राहत हुने बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमाद्वारा रक्तदान गुल्मीमा पत्रकार आचारसंहिता कार्यन्वयनको अवस्था बारे छलफल मोदी फेरी पनि विश्वको लोकप्रिय नेतामा नम्बर १ मा, अमेरिकी राष्ट्रपतिलाइ ३७% मात्रै मत एभरेष्ट अन्तर विद्यालय वादविवादको उपाधि कालिका मानवज्ञानकी करिनालाई तिनाउमा सहकारी समन्वय समिति गठन नेपालगञ्जमा भ्रष्टाचार विरुद्ध ‘वाकाथन’ गुल्मीमा परिवारबाट अपहेलित ८४ वर्षीया वृद्धा : घर पस्न नपाएपछि सार्वजनिक ठाउँमा श्रीमानको काजक्रिया नेपालको वर्तमान आर्थिक अवस्था जुम्लामा जाडोले जनजीवन प्रभावित मिशन चौरासीको मार्गचित्र तिलोत्तमाको नमस्ते एकेडेमीबाट श्रीलङ्कामा सम्पन्न कराँते प्रतियोगिताका पदक विजेतालाई सम्मान गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णसञ्चालनको माग गर्दै आन्दोलन सुरुः प्रदेशका गृहमन्त्रीको साथ  उत्तमको अर्धशतकमा पाकिस्तानलाई १५३ रनको लक्ष्य फराकिलो बन्दै बुटवल मिलनचोकदेखि सुख्खानगर जाने बाटो रेमिट्यान्स ३० प्रतिशतले बढ्यो जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ १४ किलो सुन प्रकरण : छानबिनका लागि ६ सदस्यीय समिति गठन जसपाको ३ दिने लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण सकियो मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा : बैंक दर र नीतिगत दर घट्यो [पूर्णपाठ] नेपालले पाकिस्तानविरुद्ध पहिला ब्याटिङ गर्दै