ताजा अपडेट »

बुटवल आएर एआईजी भण्डारीको निर्देशन : भ्रष्टाचार शुन्य सहनशिलतामा काम गर्नुस्

आइतबार, ०७ असोज २०८०, २० : ०१
24 Shares
आइतबार, ०७ असोज २०८०
24 Shares

बुटवल । नेपाल प्रहरी कार्यदक्षता मुल्याङ्कन गर्न बुटवल आएका नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सन्दीप भन्डारीले प्रहरीले जारी गरेको कार्यविधी भित्र रहेर काम गर्न निर्देशन दिएका छन् । बुटवलमा उद्योगी-ब्यबसायी, सञ्चारकर्मीहरुसँगको कुराकानीमा प्रमुख भन्डारीले प्रहरीले आफ्नो आचरण ब्यबहार सुधार गर्दै जनताको शान्ती सुरक्षामा  लाग्नुपर्ने बताए ।

प्रहरीहरु समाजमा नमुना हुनुपर्ने भन्दै एआईजी भन्डारीले व्यवहारमा सरल तर कानुन पालना गर्ने कुरामा प्रहरी सधै कठोर हुनुपर्ने बताए । प्रहरीलाई पीडीत मैत्री बनाउन प्रहरी सधै लागिपरेको भन्दै भ्रष्टाचार शुन्य सहनशिलतामा रहेर काम गर्न प्रहरीहरुलाई निर्देशन गरे । लुम्बिनी प्रदेशमा अन्य घटनाभन्दा  आत्महत्याका घटना  बढ्दो देखिएको भन्दै यसलाई रोकथाम गरेन जनचेतना मुलक कार्यक्रम गर्न जरुरी रहेको बताए । यसका लागि स्थानीय संघ संस्थाहरु समेत लाग्नुपर्ने बताए । पछल्लो समय  प्रहरीले राम्रो काम गरेका कारण राजश्वमा समेत  बृद्धी भएको दाबी गरे । प्रहरी अतिरिक्त महानिरीक्षक  भन्डारीले भने-‘प्रहरीमा हिजो जस्तो आज र आज जस्तो भोली नहुने हुँदा धेरै कुराहरु सुधारीँदै आएको छ ।’ उनले कुनै गलत मनसाय राखेर काम गरेको पाइए तुरुन्त कारवाही हुने  बताए ।

कार्यक्रममा पश्चिम नेपाल बस ब्यबसायी प्रालीका अध्यक्ष दधिराम खरेल, बुटबल उपमहानगरपालीका-४ का अध्यक्ष नरीश्वर पौडेल, बडा नम्बर ६ का अध्यक्ष लोकनाथ न्यौपाने, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिब विक्रम खड्का, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल लगाएतले बोल्दै रुपन्देहीको शान्ती सुरक्षमा खुल्ला सीमानाबाट हुने चोरी तस्करी नियन्त्रण तथा चाडबाड लक्षित सुरक्षा बारे जिज्ञासा राखेका थिए  ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।