२३ मंसिर २०८०, शनिबार

Dec 9, 2023

बुटवल । ईस्लाम धर्मालम्विहरुको धर्मगुरु पैगम्बर हजरत मुहम्मद मुस्तफा स्वल्लल्लाहो अलैहेव वसल्लमको १४९८ औं जन्मोत्सवको अवसरमा बुटवलमा विभिन्न कार्यक्रम हुने भएका छन् । रजा-ए-मुस्तफा जामे मस्जिद समिति बुटवल-१ ले बुटवलमा विभिन्न कार्यक्रम गरि पैगम्बरको जन्मोत्सव मनाउने भएको हो ।

समितिले असोज ८ गते सोमबार ईस्लामिक विद्यार्थीका बीचमा अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिता, १० गते बुधबार अनाथ तथा असहायलाई खाद्यान्न वितरण, बुधबार साँझ मिलादुननवी कार्यक्रम र असोज ११ गते विहान बुटवलमा ईस्लामिक समुदायको शान्ति र्याली आयोजना गरेको अध्यक्ष मुहम्मद ईस्माइलले जानकारी दिए । आइतबार समितिले पत्रकार सम्मेलन गरेर पैगम्बरको जन्मोत्सव भब्य रुपमा सम्पन्न गर्नका लागि सम्पूर्ण तयारी पूरा भएको ईस्माइलले बताए । इस्लाम समुदायिका ब्यक्ति ब्यक्ति बीचमा आपसि भाईचारा विस्तार एवं धर्म संरक्षणका लागि पनि पैगम्बरको जन्मोत्सव महत्वपूर्ण भएकाले कार्यक्रममा सहभागिताका लागि सम्पूर्ण इस्लाम धर्मका अनुयायीहरुलाई अनुरोध गरिएको समितिका बरिष्ट उपाध्यक्ष हाजि अब्दुल सहमतले जानकारी दिए ।

पैगम्बरको जन्मोत्सवमा प्रत्यक वर्ष कार्यक्रम आयोजना गर्दै आएको र यसवर्ष पनि सोको निरन्तरताका लागि बुटवलमा विभिन्न खाले सप्ताहब्यापी रचनात्मक कार्यक्रम आयोजना गरिएको उपमहासचिव हसरदिन मियाले बताए । बुटवल क्षेत्रका झण्डै ५ हजार मुस्लिम समुदायका ब्यक्तिहरु आवद्ध रहेको रजा–ए–मुस्तफा जामे मस्जिद समिति बुटवलले धर्म गुरु पैगम्बरको जन्मोत्सवमा असोज ७ गतेदेखि ११ गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गरेको सचिव जनूर दिन वारसीले बताए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमाद्वारा रक्तदान गुल्मीमा पत्रकार आचारसंहिता कार्यन्वयनको अवस्था बारे छलफल मोदी फेरी पनि विश्वको लोकप्रिय नेतामा नम्बर १ मा, अमेरिकी राष्ट्रपतिलाइ ३७% मात्रै मत एभरेष्ट अन्तर विद्यालय वादविवादको उपाधि कालिका मानवज्ञानकी करिनालाई तिनाउमा सहकारी समन्वय समिति गठन नेपालगञ्जमा भ्रष्टाचार विरुद्ध ‘वाकाथन’ गुल्मीमा परिवारबाट अपहेलित ८४ वर्षीया वृद्धा : घर पस्न नपाएपछि सार्वजनिक ठाउँमा श्रीमानको काजक्रिया नेपालको वर्तमान आर्थिक अवस्था जुम्लामा जाडोले जनजीवन प्रभावित मिशन चौरासीको मार्गचित्र तिलोत्तमाको नमस्ते एकेडेमीबाट श्रीलङ्कामा सम्पन्न कराँते प्रतियोगिताका पदक विजेतालाई सम्मान गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णसञ्चालनको माग गर्दै आन्दोलन सुरुः प्रदेशका गृहमन्त्रीको साथ  उत्तमको अर्धशतकमा पाकिस्तानलाई १५३ रनको लक्ष्य फराकिलो बन्दै बुटवल मिलनचोकदेखि सुख्खानगर जाने बाटो रेमिट्यान्स ३० प्रतिशतले बढ्यो जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ १४ किलो सुन प्रकरण : छानबिनका लागि ६ सदस्यीय समिति गठन जसपाको ३ दिने लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण सकियो मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा : बैंक दर र नीतिगत दर घट्यो [पूर्णपाठ] नेपालले पाकिस्तानविरुद्ध पहिला ब्याटिङ गर्दै