ताजा अपडेट »

जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ

आइतबार, ०७ असोज २०८०, १६ : ५६
20 Shares
आइतबार, ०७ असोज २०८०
20 Shares

काठमाडौं। काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित आस्विन राईको परेली होटलमा जुवातास खेलिरहेको अवस्थामा काभ्रेपलाञ्चोक नमोबुद्द नगरपलिका-७ बस्ने ३८ वर्षीय नारायण खनाल समेत ५ जनालाई  प्रहरीले पक्राउ गरेको छ ।  

विशेष सूचनाको आधारमा प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले उनीहरूलाई नगद  ६७ हजार ५ सय रूपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।