ताजा अपडेट »

मुगु सदरमुकाम गमगढी बजारमा आगलागी, ५ घर पूर्ण रुपमा क्षति 

शनिबार, ०६ असोज २०८०, ०७ : ५१
92 Shares
शनिबार, ०६ असोज २०८०
92 Shares

मुगु । मुगुको सदरमुकाम गमगढी बजारमा आगलागी भएको छ । छायाँनाथ रारा नगरपालिका वडा नं २ भित्र पर्ने बजारमा आगलागी भएको हो । 

स्थानीय पुतली शाहीको घरबाट सुरु भएको आगलागीमा परि ५ वटा घर पूर्ण रुपमा क्षति भएका छन् भने लाखौ रकम बरावरका धनमाल क्षति भएको छ । 

गए राति साढे १ बजे बाट सुरु भएको आगलागी अहिले ४ बजेतिर मात्रै प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको प्रयासमा आगो नियन्त्रणमा लिएका छन् । 

मध्यरातमा अचानक आगो के कसरी लाग्यो ? भन्ने बिषयमा अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । यसको थप बिवरण आउन बाँकी छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।