ताजा अपडेट »

बोलेरो जीपबाट खसेर बालकको मृत्यु

शनिबार, ०६ असोज २०८०, ०७ : ४१
73 Shares
शनिबार, ०६ असोज २०८०
73 Shares

लमजुङ । लमजुङको बेसीशहरमा गुडिरहेको बोलेरो जीपबाट खसेर बालकको मृत्यु भएको छ। शुक्रबार बेसीशहर न,पा-३ गाउँशहरबाट बेसीशहर-२ गैह्रीतर्फ जान झर्दै गरेको ग १ ज ७१०१ नम्बरको बोलेरो जीपकाे पछाडि झुण्डिन पुगेका गाउँशहर मिलनटोलका ६ बर्षिय उज्वल विकको जीपबाट खसेर मृत्यु भएको हो ।

दिउँसो करिब ४ बजे जीपबाट खसेर गम्भिर घाइते भएका विकलाई उपचारका लागी अटोमार्फत लमजुङ अस्पताल ल्याइएको भए पनि अस्पतालका डाक्टरले उनलाई मृत घोषणा गरेका थिए ।

चालक बेसीशहर– ३ का अन्दाजी २३ बर्षिय सन्देश बोहोरा र बोलेरो जीप प्रहरीको नियन्त्रणमा रहेको छ । घट्नाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।