२३ मंसिर २०८०, शनिबार

Dec 9, 2023

गुल्मी । जिल्लाका १२ वटै स्थानीय तहका स्वास्थ्यकर्मी तथा सरोकारवालाहरु शुक्रबार पल्लीकोट स्वास्थ्य चौकीमा पुगेका छन् । धेरै वर्षपछि त्यहाँ पुगेकाहरुले त्यस स्वास्थ्य चौकीको त्यति बेलाको अवस्था  स्मरण गर्दै अहिले भएको विकासको खुलेर प्रशंसा गरे ।

Advertisement

जिल्ला स्तरीय कार्यक्रम सधै सदरमुकाम केन्द्रित  हुने परम्परालाई तोड्दै  जिल्ला स्वास्थ्य कार्यालयले स्वास्थ्य सम्वन्धि जिल्ला स्तरिय वार्षिक समीक्षा गोष्ठी पल्लीकोटमा गरेपछि उनीहरु त्यहाँ जम्मा भएका हुन् । छत्रकोट गाउँपालिका २ मा पर्ने पल्लीको स्वास्थ्य चौकीको सभाहलमा आयोजित उक्त गोष्ठीका आगन्तुकहरुलाई गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डे, उपाध्यक्ष  सावित्रा ज्ञवाली, प्रमुख प्रशासकीय अधिकृत बिरबहादुर पुन, स्वास्थ्य शाखा प्रमुख श्यामसुन्दर पोखरेल र त्यहाँका स्वास्थ्य चौकी प्रमुख भविकला पचभैयाले स्वागत गरे । जिल्ला स्तरीय महत्वपूर्ण कार्यक्रमका लागि आफ्नो पालिकालाई छनौट गरिएकोमा खुसी व्यक्त गर्दै उनीहरुले धन्यवाद समेत व्यक्त गरे ।   गोष्ठीको जिल्ला समन्वय प्रमुख  द्रोणबहादुर खत्रीले  उद्घाटन गरेका  थिए  ।

‘२०५३ साल भदौ १० गते  पल्लीकोटको एउटा सामान्य कच्ची घरमा  स्थापना हुँदा   गाउँवासीले एउटा कुर्ची बनाई दिएका थिए । सानो एउटा कोठा थियो ।’- त्यस स्वास्थ्य चौकीलाई आजको स्थानमा ल्याई पुर्याउन भूमिका खेल्ने हाल छत्रकोट स्वास्थ्य शाखा प्रमुख श्यामसुन्दर पोखरेलले भने, ‘अहिले आफ्नै सुविधा सम्पन्न भवन पाउँदा निकै हर्ष लाग्छ ।’

हाल यस सुविधा सम्पन्न स्वास्थ्य चौकीमा प्याथोलोजी सेवा,  नर्मल सर्जरी,  जेष्ठ   नागरिक घर-घरमा जाँच, परिवार नियोजन, आकस्मिक रेफरका लागि हेलीप्याड र वर्थिक सेन्टरसहितका स्वास्थ्य सेवा र उपकरणहरु छन् । त्यस वडाका दैनिक सरदर २० जना बिरामी आउने स्वास्थ्य चौकी प्रमुख पचभैया बताउँछन् । गत आर्थिक वर्षमा १० जना महिलाहरुले सोही  चौकीको वर्थिङ सेन्टरबाट प्रशुती सेवा लिएको उनले जानकारी दिए । 

विगत डेढ वर्षदेखि त्यस पालिकाले स्वास्थ्य ऐन लागू गरेपछि थप सुधार भएको भन्दै केहि कुरा सुधार गर्न सहभागिहरुको सुझाव समेत थियो । शाखा प्रमुख पोखरेलका अनुसार पालिकाभर पूर्ण खोप सुनिश्चितता, पूर्ण संस्थागत प्रशुती गाउँपालिका र पूर्ण पोषणमैत्री स्वास्थ्य संस्था गाउँपालिका घोषणा भईसकेको छ । पालिकामा एउटा श्रृङ्गा  प्राथामिक स्वास्थ्य केन्द्र , ५ वटा स्वास्थ्य चौकी, ८ वटा सामुदायिक स्वास्थ्य ईकाई, ५ वटा प्याथोलोजी स्वास्थ्य सेवा, ६ वटा वर्थिङ्ग सेन्टर ,  ६ वटा डटस सेन्टर, ६ पिएमटिसीटी साईट, ४ वटा मेडिकल एबोर्सन साईट , २९ वटा खोप क्लिनिक, १७ वटा गाउँघरे क्लिनिक, ८६ जना महिला  स्वास्थ्य स्वयम् सेविका र स्वास्थ्यकर्मीहरु ४२ जना रहेका छन् । 

गोष्ठीमा सबै पालिकाका स्वास्थ्य शाखा प्रमुखहरुले पनि  प्रतिवेदन पेश गरेका छन ।दुई दिनसम्म चल्ने गोष्ठीमा १२ वटै पालिकाले गत एक वर्षमा गरेका सेवाप्रवाहको समीक्षा गर्ने र कमी कमजोरी सुधारसहितको आगामी कार्ययोजना तयार गर्ने उद्देश्य रहेको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख पशुपती आर्चायको भनाई छ ।

समीक्षाको पहिलो दिन उठेका विषयहरुमाथि बोल्दै जिल्ला समन्वय प्रमुख द्रोणबहादुर खत्रीको संघ र स्थानीय तहको बजेरलाई मिलाएर कार्यक्रम सञ्चालन गर्दा परिणाममुखी हुने उल्लेख गरे ।

गोष्ठी शनिवारसम्म सञ्चालन हुने जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य निर्देशक ताराबहादुर कार्कीले जानकारी दिए कार्यक्रममा जिल्ला समन्वय उपप्रमुख  तेजेन्द्र सलामी, सदस्य सावित्रा भण्डारी , जिल्ला समन्वय अधिकारी सिर्जना मिश्र, गुल्मी अस्पतालका निमित्त सुपरिटेण्डेन डाक्टर सोफीया थापा लगायतले बोलेका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

गुल्मीमा पत्रकार आचारसंहिता कार्यन्वयनको अवस्था बारे छलफल मोदी फेरी पनि विश्वको लोकप्रिय नेतामा नम्बर १ मा, अमेरिकी राष्ट्रपतिलाइ ३७% मात्रै मत एभरेष्ट अन्तर विद्यालय वादविवादको उपाधि कालिका मानवज्ञानकी करिनालाई तिनाउमा सहकारी समन्वय समिति गठन नेपालगञ्जमा भ्रष्टाचार विरुद्ध ‘वाकाथन’ गुल्मीमा परिवारबाट अपहेलित ८४ वर्षीया वृद्धा : घर पस्न नपाएपछि सार्वजनिक ठाउँमा श्रीमानको काजक्रिया नेपालको वर्तमान आर्थिक अवस्था जुम्लामा जाडोले जनजीवन प्रभावित मिशन चौरासीको मार्गचित्र तिलोत्तमाको नमस्ते एकेडेमीबाट श्रीलङ्कामा सम्पन्न कराँते प्रतियोगिताका पदक विजेतालाई सम्मान गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णसञ्चालनको माग गर्दै आन्दोलन सुरुः प्रदेशका गृहमन्त्रीको साथ  उत्तमको अर्धशतकमा पाकिस्तानलाई १५३ रनको लक्ष्य फराकिलो बन्दै बुटवल मिलनचोकदेखि सुख्खानगर जाने बाटो रेमिट्यान्स ३० प्रतिशतले बढ्यो जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ १४ किलो सुन प्रकरण : छानबिनका लागि ६ सदस्यीय समिति गठन जसपाको ३ दिने लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण सकियो मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा : बैंक दर र नीतिगत दर घट्यो [पूर्णपाठ] नेपालले पाकिस्तानविरुद्ध पहिला ब्याटिङ गर्दै मिसन ८४ प्रति मेर‍ो प्रश्न