२३ मंसिर २०८०, शनिबार

Dec 9, 2023

भैरहवा । माछापुच्छ्रे बैंकको रकम हिनामिना गरेको आरोपमा रुपन्देही प्रहरीले रोईनिहवाका निरन्जन पाठकलाई पक्राउ गरेको छ । रुपन्देहीका प्रहरी प्रमुख एसपी भरत बहादुर विश्वकर्माले पाठकलाई पक्राउ गरिएको पुष्टि गरेका छन् । “माछापुच्छ्रे बैंकले दिएको जाहेरीको आधारमा अनुसन्धानको लागि पाठकलाई पक्राउ गरिएको हो ।” विश्वकर्माले भने “थप अनुसन्धानको लागि म्याद थप गराउने प्रक्रियामा रहेका छौं ।”

Advertisement

पाठक माथि डेढ करोड बढी रकम हिनामिना गरेको आरोप रहेको छ । सम्मरीमाई गाउँपालिका वडा नम्बर ५ मा शाखा रहित बैंकिङ्ग सुविधा प्र्रदान गर्दै आएको माछापुच्छ्रे बैंकले सयौं निक्षेप कर्ताको रकम हिनामिना गरेको आरोप छ । रकम जम्मा गर्न आउने सेवाग्राहीलाई बैंकले रकम जम्मा गरेको भौचर दिइ खातामा रकम नै जम्मा नगरेको पाईएको छ ।

रुपन्देहीको पनि दुर्गम क्षेत्रको रुपमा रहेको मर्चवारमा राष्ट्रबैंकको निति अनुसार माछापुच्छ्रे बैंकले शाखा रहित बैंकिङ्ग कारोबारको लागि कार्यालय खोलेको थियो । गत स्थानिय तहको निर्वाचनमा सम्मरीमाई गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार रहि दोश्रो भएका स्थानिय निरन्जन पाठकले एजेन्ट भई बैंक संग सम्झौता गरेर उक्त बैंक सञ्चालन गरेका थिए । कारोबार ब्यवस्थापनको लागि भन्दै सोही गाउँकै सिकन्दर ठाकुरलाई ब्यवस्थापक पनि बनाईएको थियो ।

सो शाखारहित बैंकमा रकम जम्मा गर्ने सेवाग्राहीले रकम झिक्न जादा रकम नै नभएको थाहा पाए पछि घटना बाहिर आएको थियो । घटना एक बर्ष अघि बाहिर आए पनि सो बैंकका एजेण्ट पाठकलाई अहिले आएर मात्र बैंकिङ कसुरमा पक्राउ गरिएको हो ।

प्रतिकृया दिनुहोस्

Flash News

नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमाद्वारा रक्तदान गुल्मीमा पत्रकार आचारसंहिता कार्यन्वयनको अवस्था बारे छलफल मोदी फेरी पनि विश्वको लोकप्रिय नेतामा नम्बर १ मा, अमेरिकी राष्ट्रपतिलाइ ३७% मात्रै मत एभरेष्ट अन्तर विद्यालय वादविवादको उपाधि कालिका मानवज्ञानकी करिनालाई तिनाउमा सहकारी समन्वय समिति गठन नेपालगञ्जमा भ्रष्टाचार विरुद्ध ‘वाकाथन’ गुल्मीमा परिवारबाट अपहेलित ८४ वर्षीया वृद्धा : घर पस्न नपाएपछि सार्वजनिक ठाउँमा श्रीमानको काजक्रिया नेपालको वर्तमान आर्थिक अवस्था जुम्लामा जाडोले जनजीवन प्रभावित मिशन चौरासीको मार्गचित्र तिलोत्तमाको नमस्ते एकेडेमीबाट श्रीलङ्कामा सम्पन्न कराँते प्रतियोगिताका पदक विजेतालाई सम्मान गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णसञ्चालनको माग गर्दै आन्दोलन सुरुः प्रदेशका गृहमन्त्रीको साथ  उत्तमको अर्धशतकमा पाकिस्तानलाई १५३ रनको लक्ष्य फराकिलो बन्दै बुटवल मिलनचोकदेखि सुख्खानगर जाने बाटो रेमिट्यान्स ३० प्रतिशतले बढ्यो जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ १४ किलो सुन प्रकरण : छानबिनका लागि ६ सदस्यीय समिति गठन जसपाको ३ दिने लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण सकियो मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा : बैंक दर र नीतिगत दर घट्यो [पूर्णपाठ] नेपालले पाकिस्तानविरुद्ध पहिला ब्याटिङ गर्दै