१४ मंसिर २०८०, बिहीबार

Nov 30, 2023

काठमाडौ । मीड सोलु हाइड्रोपावरले भदौ २८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ ।

Advertisement

सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ६ लाख २१ हजार १७२ कित्ता सेयर जारी गर्न लागेको हो ।

सर्वसाधारणलाई छुट्याइएको ७ लाख ४८ हजार ४०० कित्ता सेयरमध्ये वैदेशिक रोजगारीमा गएका नेपालीलाई ७४ हजार ८४० कित्ता सेयर बाँडफाँट गरिसकेको छ । 

यस्तै, कम्पनीका कर्मचारीलाई १४ हजार ९६८ कित्ता र म्युचुअल फन्डलाई ३७ हजार ४२० कित्ता सेयर सुरक्षित गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई खुला गर्न लागिएको हो ।

 यस आइपीओमा असोज १ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयसम्म सबै सेयर बिक्री नभएमा भने असोज ११ गतेसम्म खुला रहनेछ ।

न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले जानकारी गराएको छ । 

यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर एपमार्फत आवेदन दिन सकिनेछ । क्रेडिट रेटिङ संस्था इक्रा नेपालले यस कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जानाउने ‘इक्रा एनपी डबल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । 

कम्पनीले सोलुखुम्बु जिल्लामा ९।५ मेगावाट क्षमताको ‘मध्य सोलु खोला जलविद्युत आयोजना’ निर्माण सम्पन्न गरी २०७९ पुस १५ गतेदेखि नियमित विद्यतु उत्पादन गर्दै आएको जानकारी गराएको छ ।

आयोजनाको कुल अनुमानित २ अर्ब ८ करोड ४१ लाख रुपैयाँ (निर्माण अवधिको ब्याजसहित) रहेको छ । यसको प्रतिमेगावाट लागत २१ करोड ९३ लाख रुपैयाँ रहेको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

प्रथम केपीओली कप टि २० : रोहित र सन्दीपको टिम भिड्दै दक्षिण एसियामै पहिलोपटक लमजुङमा समलिंगी विवाह दर्ता कोपको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री दुबई प्रस्थान नेकपा एमालेको मध्य पहाडी लोकमार्ग पदयात्रा आजबाट सुरु हुँँदै सुपर लिगः धनगढी र बुटबल लुम्बिनी भिड्दै वडाध्याक्षकै अगुवाइमा बाटो अवरुद्ध रास्वपाका सबै सांसद केन्द्रीय सदस्य एनसेलबाट बाहिरिने आजियाटा ग्रुपको घोषणा नागरिक केन्द्रीत राज्य व्यवस्था स्थापनाको लागि भन्दै ‘नागरिक पहिलो’ अभियानको घोषणा पाल्पाका २२ वर्षीय सन्तोष सम्पर्कविहीन, खोजि गरिदिन परिवारको आग्रह आम्दा अस्पतालमा सुत्केरी मृत्यु : ‘अस्पतालले हतारमा शव जिम्मा लगाएर उम्किन खोज्नुको कारण के थियो ?’ प्रेमिकाको बिहेमा नाच्ने अवसर! टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन निर्देशन भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास बनाउन सुरक्षाकर्मी खटाइने राष्ट्रियसभा निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ? म्याद गुज्रेको खाद्य सामग्री बिक्री त्रिविको इञ्जिनियरिङमा आवेदन दिने बढे, प्रवेश परीक्षा दिने घटे बुटवलको आम्दा अस्पतालमा सुरक्षा व्यवस्था कडा, सर्वसाधारणलाई प्रवेश निषेध सुत्केरीको मृत्यु भएपछि आम्दा अस्पतालका मेसु बस्यालमाथि कुटपिट