ताजा अपडेट »

४५ महिला र छात्रालाइ यौन दुब्यबहार गर्ने प्रिन्सीपल पक्राउ

विहीबार, २१ भदौ २०८०, १० : ४९
10 Shares
विहीबार, २१ भदौ २०८०
10 Shares

कराँची । पाकिस्तानमा एक प्रिन्सिपलले ४५ महिला तथा छात्राहरू माथी यौन दुब्यव्यहार गरेको खुलेको छ । कराँची सहरबाट बलात्कारी प्रिन्सिपल इरफान गफुर मेमनले दिएको पीडा र यातानाको खबर बाहिर आएसँगै उनको कर्तुत खुलासा भएको हो । 

समाचार अनुसार ४५ महिलासँग ब्लाकमेल र केहीलाइ बलात्कार गरेको आरोपमा उनी पक्राउ परेका छन् । उनको मोबाइलबाट कैयौं महिलाको भिडियो पनि फेला परेको छ, जुन विद्यालयको सीसीटीभीमा कैद भएको थियाे ।

विद्यालयमा केही क्यामेरा लुकाएर राखेका थिए, जसमा रेकर्डिङ गरेर उनले महिला शिक्षक र छात्राहरूलाई ब्ल्याकमेल गर्ने गर्थे । अनुसन्धान टोलीले उनको सेलफोनबाट यस्तै २५ वटा छोटो भिडियो क्लिप पनि बरामद गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।